परेवाखबर संवाददाता

काठमाडौ २१ चैत्र । जापानमा ब्रेन ट्यूमरको समस्या देखिए पछि श्रीमान पेउ नारायण न्यौपानेको उपचारको लागि पाल्पाकी पुष्पा अर्याल न्यौपानेले आर्थिक सहयोगको याचना गरेकी छन् ।

उनको श्रीमानको एक महिना अगाडि अस्पतालले ब्रेन ट्यूमर भएको घोषणा गरेको थियो ।
३/४ महिना अगाडिबाट टाउको दुखाईको समस्यामा रहेका न्यौपानेले नियमित चेकअप भने गरिरहेका थिए ।

अस्पतालले पनि सामान्य रोग हो भन्दै सामान्य उपचार गरेर फर्काउने गरेको श्रीमती पुष्पाले बताईन । श्रीमानलाई उपचार पछि ठीक होला भनेको झन पछि झन दुखाई बड्दै गएको र अन्त्यमा सिटिस्क्यान गरेर हेर्दा ब्रेन ट्यूमर भएको रहेछ (पुष्पाले भनिन् । न्यौपाने एक महिना देखि जापानको डोक्यो मेडिकल युनिभर्सिटि साइतामामा एम आर आई गरिरहेका छन् ।


यहि अप्रिल ७ मा उनको अप्रेसन हुँदैछ।अप्रेसन गर्न लगभग १० लाख जति लाग्छ भनेर अस्पतालले भनेको छ । हामिले कमाएको पैसा अहिले सम्मको उपचारमा नै सकियो । काम गर्न पनि पाएकी छैन । अप्रेसन गर्ने पैसा महंगो भएकोले पैसा जुटाउन नसकिएको कुरा श्रीमती पुष्पाले चिन्तित हुँदै भनिन् ।

बिदेशको ठाँउमा एक त भाषाको समस्या अर्कोतिर आफ्नो आड भरोसाको श्रीमान नै बिरामि भएपछि केहि सोच्नै नसकेको र श्रीमानको उपचारको लागि सबै जापानबासी मनकारि नेपालीहरू, नेपाली समाज संसस्थाहरुसँग आर्थिक सहयोगको लागि आग्रह गरेकि छन् ।


आर्थिक सहयोगकोलागि
जेपि बैंकको न्यौपाने पेउ नारायणको नाममा रहेको खाता नं। १०३५०(७२०१५६७१ मा जम्मा गर्न सक्नुहुँनेछ । साथै थप जानकारिको लागि पुष्पा अर्याल न्यौपानेको मोबाईल नं। ०९०(३८७८(७०८६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय