रामपुर पाल्पा र चैत २० पाल्पा
बन्दना पोखरेल
निस्दी गाउँपालिका पाल्पाले कोरोना रोग जोखिम न्यूनीकरण तथा रोकथामका लागि १ सय ५ बेडको अस्थायी क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ। निस्दी गाउँपालिका पाल्पाको मंगलबार बसेको कार्यपालिका बैठकले गाउँपालिका भित्र ज्याला मजदुरी गरि गुजारा चलाउनेहरुलाई प्रतिव्यक्ति १ दिनको १ केजीका दरले ५ दिनको लागि चामल लगायतका अन्य खाद्यान्न सामग्री वितरण गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले आवस्यकता आधारमा सातै वटा वडामा कुल १ सय ५ बेडको अस्थायी क्वारेन्टाइन स्थापना गर्ने र निस्दीमा खाद्यान्न अभाव हुन नदिनको लागि व्यापारीहरुलाई खाद्यान्न ढुवानीकोलागि सहजीकरण गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो । हाल निस्दीमा ८४ जना व्यक्तिहरु भारत तथा अन्य मुलुकबाट आएकोमा सबैको स्वास्थ परिक्षण गरि आ(आफ्नै घरमा सुरक्षित तरिकाले बसेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । निस्दीमा जनप्रतिनिधि , कर्मचारी , स्वास्थकर्मी र प्रहरीहरु मिलेर दिनहुुँ अनुगमन तथा प्रचारप्रसारलाई तिब्रता दिएको छ।
कोरोना भाईरस सम्बन्धि सन्देशमुलक सामग्री प्रसारण ब्यानर तथा सन्देशमुलक पम्प्लेट छपाई तथा वितरण एवं प्रचारप्रसार जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थितिमाकोरोना भाईरस सम्बन्धिपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरिएको तथा पलिकास्तरिय समन्वय समिति गठन सबै वडाहरुमा कोरोना भाईरस सम्बन्धिअभिमुखीकरण कार्यक्रम संचालन तथा वडास्तरीय समन्वय समिति गठन गरीप्रचारप्रसारलाई तिब्रता दिइएको छ त्यस्तै गरि पालिकास्तरीय द्रुत प्रतिकार्यका लागि टोलि गठन जस्ता कार्यहरु गरिरहेको छ
कार्यपालिका बैठकको निर्णय बाट सम्भावित संक्रमण न्यूनीकरण अभियानमा खट्ने स्वास्थ्यकर्मीहरु, नियमित खट्ने कर्मचारीहरु तथा सुरक्षाकर्मीहरुलाई प्रोत्साहन भत्तादिने तथा यस अभियानमा खट्ने स्वास्थ्यकर्मीहरु, नियमित खट्ने कर्मचारीहरु र सवारी चालकहरुको अकल्पनीय मृत्यु भएमा रु. दश लाख रुपैया पालिकाबाटराहत स्वरूप दिने निर्णय गरिएको छ ।
पालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठक बसी सम्भावित संक्रमण न्यूनीकरणका लागि तिब्रताका साथ माईकिङ प्रचारप्रसार गर्दै गाउपालिकाभित्रसबै प्रकारका सवारीसाधन (खाद्यान तथा एम्बुलेन्स बाहेक) आवतजावतमा रोक लगाइएको,पालिका भित्र संचालित विभिन्न पसल तथा व्यवसायहरु संचालनमा रोक लगाइएको, विभिन्नसांस्कृतिक नाचगान तथा सामुहिक खानपान र जमघट गर्न रोक लगाईएको तथा खेल मैदानहरुमा विभिन्न खेलहरु खेल्न रोक लगाइएको तथा एक टोल बाट अर्को टोलमा आवतजावत गर्न समेत प्रतिबन्ध लगाइएको। यसगाउँपालिकाको वडा नं. ४ मित्याल बजारमा हेल्थ डेस्क स्थापना गरिएको। अत्यावश्यक सामग्रीहरु जस्तै २० वटा ग्लोव्स, १६० पिस स्यनिटाईजर र १५ पिस डिजिटल थर्मो्मिटर व्यवस्था गर्ने कार्य भएको ।
सबै वडाका स्वास्थ्य संस्थाहरुमाऋइख्क्ष्म्(ज्ञढ कोसम्भावित संक्रमण न्यूनीकरणकोलागिअत्यावश्यकस्वास्थ्य सामाग्रीहरु वितरण गरिएको त्यसै गरी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुज्युको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्याल, स्वास्थ्य शाखा संयोजक रेम दिशा र रुक्से भन्ज्याङ प्रहरी चौकिका प्रहरी सहायक निरीक्षक डेड बहादुर थापासहितको टोलिबाट बाकामलाङ, सहलकोट, झिरुवास, गल्धा, दुंगनाबेसी गल्था अर्चले ज्यामिरे लगायतका ठाउँहरुमा माईकिङ प्रचारप्रसार कार्य गरिरहेको छ ।
भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको लगतसंकलन कार्य सुरु गरि सम्भावित संक्रमण न्यूनीकरणकोलागिअत्यावश्यक सामाग्रीहरु मास्क. स्यानीटाईजर, पी पी ई का सामान, थर्मोगन को व्यवस्था स्वास्थ्य कर्मिहरुलाई गरिएकोछ । गौरी शंकर मा. वि. निस्दी(४, मित्याल, पाल्पामा १२ बेडको क्वारेन्टाईन स्थापना गरीएको छ ।
त्यस्तै गरि नाकामा निस्दी ५ बेलडाँडामा हेल्थडेस्क स्थापना गरिएको छ । सबै वडाका वडा अध्यक्षहरुबाट आ(आफ्नो वडामा कोरोना भाइरस को सम्भावित जोखिम न्यूनीकरण तथा रोकथामका लागि भएका प्रयासहरु, नेपाल सरकारले कोरोना भाइरस को सम्भावित जोखिम न्यूनीकरण गर्ने हेतुले लकडाउन गर्नु भन्दा केहि दिन पूर्व र लकडाउन सुरु भएपछि भारत लगायत अन्य मुलुकहरुबाट आएका व्यक्तिहरुको स्वास्थ्य अवस्था लगायत अन्य विवरणहरु र कोरोना भाइरसको सम्भावित संक्रमण रोकथामका लागि कार्यहरु गर्दै गर्दा आइपरेका समस्याहरुको बारेमा रिपोर्टीङ गर्दै त्यसको समाधान तिर लागेको प्रमुख प्रशासकीय अधिकृत भगबान भक्त अर्यालले बताउनु भएको छ ।
निस्दी गाउँपालिका भित्र रहेका बजार तथा गाउँ क्षेत्रहरुमा रहेका पसलहरुमा खाद्यान ढुवानीको लागि ब्यापारीहरुलाई आवश्यक सहजीकरण समेत गरेको छ ।
निस्दी गाउँपालिका भित्र रहेका दैनिक ज्यालादारी गरि गुजारा गर्ने मजदुरहरु तथा तिनको परिवारहरुको मिति २०७६(१२(२० सम्ममा लगत (तथ्यांक) संकलन गर्ने तथा प्राप्त तथ्यांकको आधारमा एक व्यक्तिलाई एक दिनको १ पन को दरले चामल, ५ दिनको १र२ पन को दरले दाल र एकरएक पोका नुन, तेल र जिरा दिने निर्णय गरिएको छ । वितरण प्रक्रियालाई सहज बनाउन मापदण्ड समेत बनाउने निर्णय गरिएको ।
प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुको लागि एक वटाको दरले कुल सात वटा र थप ३ वटा गरी जम्मा १० वटा पिपिइ सेट तथा १० वटा स्प्रे मेसिनहरु खरिद गर्ने निर्णय गरिएको छ ।
प्रत्येक दिन सबै वडाहरुमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहितको टोलीले भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुको लगत संकलन गर्ने, ती व्यक्तिहरुको स्वास्थ्य अवस्थाको चेकजाँच गर्ने र पलिकलाई जानकारी गराउने, सवारी साधन हरु चले नचलेको कडाइका साथ अनुगमन गर्ने जस्ता क्रियाकलापहरु भईरहेका छन् ।