बन्दना पोखरेल रामपुर पाल्पा चैत्र २० पाल्पाको पुर्वखोलामा बाहिरबाट भित्रिएका नागरिकलाई१४ गते शुक्रबार देखि क्वारेन्टाइनमा राख्न थालिएको हो । पुर्वखोला गाउँपालीका वडा न १ सिलुवा स्थित जनमार्ग माध्यमीक विद्यालयमा तयार पारिएको क्वारेन्टाइन कक्षमा अहीले सम्म २१ जनालाई राखिएको छ । भने भारत लगाएत अन्य मुलुक बाट १सय ९८ जना अ।एका छन्।  अ।वश्यकता अनुसार प्रत्येक वडामा यसको व्यवस्थापन गरीएको छ ।  गाउँपालीकाले  निर्माण गरेको क्वारेण्टाइन कक्षमा भारतीय मुलुकबाट पुर्वखोला भित्रिएका नागरिकलाई सिधै क्वारेण्टाइन कक्षमा ल्याएर राखिएको हो । पुर्वखोलाका प्रत्येक वडामा १० वटाका दरले क्वारेन्टार्इन कक्ष निर्माण गरीएको छ भने वडा न १ सिलुवामा ३० बेडको कक्ष निर्माण गरिएको गाउँपालिका प्रमुख नुन बहादुर थापाले जानकारि दिनु भएको छ ।

अहिले जोखीमका बेला सहयोग गरेका स्वास्थ्य कर्मी प्रोत्साहन स्वरूप दश हजार दिने र स्वास्थ्य कर्मीको दश लाखको जिबन विमा गरिदिने निणार्य गरेको छ । पर्चा पम्पेलट टाँस्ने सचेतना जगाउने जस्ता कामहरू गरिरहेकोछ भने क्वारेण्टाइनमा राखिएका लार्इ उचित व्यस्थापन सहित स्वास्थ्य परिक्षण गर्दै अ।एको छ । र अहिले सम्म क्वारेण्टाइन कक्षमा  राखीएका कसैलाइ पनि अहिले सम्म कुनै त्यस्तो लक्ष्यण नदेखिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकाले जानकारि दिनु भएको छ । तत्कालका लागि ८० शैयाको क्वारेन्टाइन कक्ष तयार पारिएको पालिका प्रमुख नुन बहादुर थापाले बताउनुभएको छ । गाउँपालिकाका प्रत्येक वडा वडामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहितको टोलि परिचालन गरिएको र बाहिरबाट  आएका नागरिकलाई सिधै क्वारेन्टाइनमा ल्याएर राखिने पालिका प्रमुख थापाले जानकारी दिनुभएको छ । केही दिन अघि भारत लगायत विभिन्न मुलुकबाट वडामा भित्रिएका नागरिकलाई स्वास्थ्य परिक्षण गरेर होम क्वारेण्टाइनमा बस्न सुझाव दिइएको वडा अध्यक्ष निलकण्ठ भट्टरार्इले बताउनु भएको छ ।   जनप्रतिनिधि समाजसेबि तथा स्वास्थ्य कर्मी सहितको टोलीले क्वारेण्टाइन कक्षको व्यवस्थापन, सरसफाई लगायतका कामहरु सम्पन्न गरेपछि १४ गते शुक्रबार दिउँसोबाट क्वारेन्टाइन कक्षमा नागरिकलाई राख्न थालिएको हो ।

पुर्वखोला क्षेत्रमा हालसालै भारत लगायत विभिन्न मुलुकबाट करिव १ सय ९८ जना नागरिक  भित्रिएका छन् ।  नागरिक स्वास्थ्य र सुरक्षा मध्यनजर गदै क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनु भएको छ ।  विभिन्न सिमा नाकाहरु बन्द गरिएको छ । सवारी साधन ठप्प छ भने मानिसहरु पनि घरबाट बाहीर कोहि निस्किएका छैनन् ।गाउँपालिका प्रमुख थापाका अनुसार १५ थान पिपिइ माक्स थर्मोमिटर लगाएतका  खरिद गरि न्युनतम उपकरण सवैलार्इ उपलब्ध गराएको बताउनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय