परेवाखबर संवाददाता

काठमाडौ १९ चैत्र ।
घरायासी व्यवाहारिक बाध्यता तथा देशको वाध्यात्मक दुःखको परिवेशलाई समेटेर बानाईएको साँगीतिक एल्बम पापी प्रदेश युटुब मार्फत सार्वजनिक गरिएको छ ।

सन्तोष एस.के ले बजारमा ल्याउनु भएको उक्त गीतमा सामाजिक यर्थाथताको भाव लुकेको देख्न सकिन्छ । प्रेम जोडी बाध्यताले छुट्नु पर्दाको तड्पन र देश र आफनो मातृभुमी प्रतिको प्रेमभाव यस गीतमा पस्कन खोजिएको छ ।

एस के सामाजिक संजालमा सबै भन्दा धेरै सदस्य भएको Nepalese (Sing Together-NST मा विगत लामो समय देखी क्रियासील हुनुन्छ भने हाल उहाँ NSTको सचिव समेत रहनु भएको छ । विगत लामो समय देखी जापानको टोकियो मा रहनु भएका उहाँ पाल्पा निस्दी गाउँपालिका वडा न ६ निवासी हुनुन्छ ।
यथार्थ मर्म संगै देश र जन्म भुमिको प्रेम भाव बोकेको गीतमा ,बहु चर्चित गायीका देवी घर्ति र स्वयम सन्तोष एस।के।को आवाज रहेको छ । समय सान्दर्भिक गीत “पापी परदेश” को लय,शब्द अनि निर्देशन चर्चित सर्जक हुम गैरेको रहेको छ ।

गायक स्वयम सन्तोष एस।के। र चर्चित मोडल आयुष्मा कार्कीको जिबन्त अभिनय रहेको गीतको म्यूजिक भिडियो सागर गौतमले खीचेका हुन् । नेपाली गीत संगीतको बजारमा यो यथार्थ परक गीतले छोटो समय मै सबैको मन जित्ने बिश्वास लिईएको छ ।भिडियो हेर्नुस

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय