मदनकृष्ण सिलवाल samu3
काठमाडौँ, २७ साउन । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र, बौद्धले साँखु सलम्बुटारस्थित द्वन्द्व पीडित तथा अपाङ्ग समाज नेपालमा आश्रित सुस्त मनस्थिति भएका ३६ जना बालबालिकाहरुका निम्ति खाद्यान्न वितरण गरेको छ ।
केन्द्रका संस्थापक अध्यक्ष तथा संरक्षक जयमंगल लामा लगायत विरबहादुर वाइबा, रतन लामा, लक्ष्मी ढुङ्गाना , लम्जन शेर्पा , धनराज लामा , जितेन्द्र लामा, अक्षयकुमार लामा , निरञ्जन ढुङ्गाना, बाबू लामा, रामजी सुनार अपाङ्ग समाज नेपालमै पुगेर अध्यक्ष युवराज थापालाई हस्तान्तरण गरेको थियो ।samu2
सामुदायिक सेवा केन्द्र, बौद्धले विभिन्न समयमा समुदायमा आधारित स्वास्थ्य शिविर र जेष्ठ नागरिक र बालबालिका, युवा र महिला चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय