होम राई मगर
निस्दी पाल्पा । चैत १८ गते नोवेल कोरोना भाइरस सम्वन्धी वडास्तरिय समन्वय समिती निस्दी ६ अर्चले,पाल्पाको बैठक बसेको छ। समन्वय समितिका संयोजक वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा बसेको बैठकले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस को रोकथामको लागि सरकारले गरेको लक डाउनको कार्यान्वयन , भारत लगाएत तेस्रो मुलुकबाट आउने मानिसहरुको पहिचान बारे छलफल गरिएको थियो । उनिहरुको अहिलेको अवस्था र आम मानिसहरुको समग्र क्रियाकलाप अनि अवस्थाको बारेमा छलफल रिपोर्टिङ गरिएको थियो । त्यसैगरी थप सचेतना गर्नका लागि प्रत्येक टोलमा जाने लक डाउन तथा कोरोना भाईरस सम्बन्धि सचेतना गर्ने ,प्रत्येक टोलमा थप पत्रचार गर्ने सचेतना लगाएत थप बस्तुस्थिती बुझ्न समितिको सयोजक , स्वास्थ्य चौकी इन्चार्ज मीन बहादुर राना र सदस्य होम राई मगरलाई जिम्मेवारी दिने भएको छ । कोरोना भाईरस को महामारी रोकथामका लागि सरकारद्वारा गरेको लकडाउनमा आफू पनि बच्ने र अरुलाई पनि बचाउने जहाँ छ त्यही सुरक्षित रहने कार्यमा समन्वय गर्न युवा क्लब ,राजनीतिक दल,स्वास्थ्य आमा समूह ,विद्यालय (शिक्षक कर्मचारी ),सहकारी लगायत सम्बन्धित सरोकारवालाहरुलाई थप प्रभावकारी रुपमा समन्वय गर्ने,गराउने निर्णय समेत गरेको छ ।