पाल्पा – चैत १३ गते घाँस काट्न जादा कान्लाबाट लडेर घाइते भएका पाल्पा रामपुरका फत्त बहादुर श्रेष्ठको ज्यान गएको छ । घर नजिकै घाँस काट्न जादा श्रेष्ठ कान्लाबाट खस्नुभएको थियो । रामपुर नगरपालिका वडा नम्बर १ खटाङका ७३ बर्षका श्रेष्ठलाई थप उपचारका लागि रामपुर अस्पताल ल्याइएकोमा अस्पतालले लुम्बिनी मेडिकल कलेज प्रवास रिफर गरेको थियो । करङ्ग र मेरुदण्ड भाचिएको भन्दै काठमाडौ लैजान प्रवासले सल्लाह दिएकोमा आर्थिक अबस्था कमजोर भएको भन्दै परिवारले घरमा राखेकोमा मंगलबार ज्यान गएको आफुहरुले जानकारी पाएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । उहाँको शब रामपुर अस्पतालमा पोष्टमार्टम पछि परिवारलाई बुझाउने प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय