पाल्पा रामपुर बन्दना पोखरेल
रामपुरमा संचालित रामपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले आफ्ना ग्राहक उपभोक्तालाई चैत महिनाको न्युनतम शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । संस्थाको नबनिर्वाचित संचालक समितिको मंगलबार बसेको पहिलो बैठकले बिश्वभरी फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड–१९ को कारण नेपाल पनि जोखिम बढेर नेपाल सरकारले लकडाउन गरिरहेको अवस्थामा यस्तो निर्णय गरेको हो । सम्पूर्ण ग्राहकहरुलाई मध्यनजर गर्दै ग्राहकले बुझाउने नियमित शुल्क चैत्र महिनाका लागि न्युनतम शुल्कमा पचास प्रतिशत० छुट दिने र चैत्र महिनाको मिटर रिडिङ हुन नसकेको जनाउदै मिटर रिडिङ गरेको मितिले नियमानुसार तिरेमा विलम्ब शुल्क समेत नलाग्ने निर्णय गरेको अध्यक्ष राजु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।


संस्थाले सबै ग्राहक तथा उपभोक्तामा कोरोना संक्रमणको जोखिम बढेकाले संयमित हुन अनुरोध गरेको छ । यसैबीच, रामपुर साना शहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा समाजसेवी राजु प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर पाल्पाको अध्यक्षमा राजुप्रसाद श्रेष्ठ सर्वसहमतीमा चयन हुनुभएको छ । श्रेष्ठले यस संस्थामा स्थापनाकाल देखि सचिव पदमा रहेर आफ्नो जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । नवनिर्वाचित श्रेष्ठले रामपुर रामपुर वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य तथा रामपुर नगर ईन्चार्ज, नेपाल कम्युनिष्ट पार्टी पाल्पा जिल्लाका उद्योग वाणिज्य विभागको प्रमुख पदमा रहेर काम गर्दै आउनुभएको छ ।
लामो समयदेखी नयाँ संचालन समितिको लागि कसरत भैरहेको यस सस्थाको नवनिर्वाचित उपाध्यक्षमाहजुल मियाँ, सचिवमा शालिकराम सिग्देल,कोषाध्यक्षमा बिष्णुमाया ढकाल र सदस्यहरुमा कमल सेन, लोकनाथ ढकाल, सृजना पौडेल, टेक बहादुर बिश्वकर्मा, मुना थापा र अन्य ६ वटा ब्लकका ब्लक संयोजक चयन गरेको भएको छ । जसको ब्लक संयोजकमा हरिनाथ ढुङ्गाना ब्लक नं १मा सँयोजक, श्रीराम कडेल ब्लक नं २मा सँयोजक, चन्द्रकान्त अधिकारी ब्लक नं३मा सँयोजक, बिष्णु प्रसाद लम्साल ब्लक नं ४मा सँयोजक, मधु सुदन पोखरेल ब्लक नं५मा सँयोजक र प्रेम बहादुर पोखरेल ब्लक नं ६मा संयोजक चयन हुनुभएको साना शहरी खानेपानी संस्थाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय