पाल्पा – निस्दी गाउँपालिकाले कोरोना रोग नियन्त्रणमा खट्ने स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। साथै कोरोना रोग नियन्त्रणको शिलशिलामा ज्यान गए १० लाख क्षतिपूर्ति दिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।
अहिले निस्दीमा जनप्रतिनिधि , कर्मचारी र प्रहरीहरु मिलेर सातै वडामा कोरोनाबाट बाँच्ने तरिका तथा नियन्त्रणको विषयमा दिनहु अनुगमन र प्रचारप्रसारमा हिँडेको स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।
पाल्पा जिल्लाकै सबैभन्दा विकट र दुर्गममा रहेको निस्दी गाउँपालिका गाउँनै गाउँले भरिएकोले पनि चेतनाको कमी रहेकोले बुझाउन समस्या भएको गाउँपालिकाका लेखा शाखा प्रमुख सरोज काफ्लेले बताउनुभयो । हाल निस्दीमा विदेश र छिमेकी राष्ट्र भारतबाट आएकाको तथ्यांक संकलन र स्वास्थ परिक्षणलाई तीब्रता दिएको पनि अध्यक्ष सारुले बताउनुभयो छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय