पाल्पा – पूर्वखोला गाउँपालिकाले कोरोना भाइरसको नियन्त्रण गर्न ३० शैयाको कोरन्टाइन निर्माण गरेको छ । पूर्वखोला गाउँपालिका १ सिलुवामा ३० बेड्को क्वरनटाइन निर्माण गरेको गाउपालिका अध्यक्ष नुन बहादुर थापाले जानकारी दिनुभयो ।
उहाँले पूर्वखोला(१ जनमार्ग माविमा अस्थायी कोरनराइन बनाइएको बताउनुभयो । कोरोना प्रभावबाट बच्न र विदेशबाट फर्किएकालाइ राख्न क्वारेन्टाइन बनाइएको हो । सरकारले गाउँपालिकामा ५० बेडको क्वारेन्टाइन बनाउन भनेको छ । विदेशबाट फर्किएका मानिसलाइ राख्नका लागि क्वारेन्टाइन बनाइएको र त्यहाँ खानपान, खानेपानी र स्वास्थ्य जाँचको व्यवस्था समेत गरिएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमण रोक्न विदेशबाट फर्किएकाको तथ्यांक संकलन गर्ने, उनीहरूको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको गाउँपालिकाले जनाएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि विदेशबाट फर्किने मानिसको संख्या बढेको र उनीहरूलाइ १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य अवस्था हेर्ने गाउँपालिकाको योजना छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय