पाल्पा रामपुर
अहिले विश्व संकटमा परेका वेला धेरै देशले नागरिक सुरक्षाका लागि लकडाउन गरेको अबस्था छ हाम्रो देशमा पनि सरकारले लकडाउन लगाएको छ । यस अवस्थामा जथाभावी मोटरसाइकल चलाएका ३९ मोटरसाइकललाई प्रहरीले रामपुर बजार चोकमा समातेको छ । विश्वमा महामारीको रुप लिदै गएको कोरोनाको नियन्त्रणलाई भन्दै सरकारले अत्यावश्यक भन्दा अन्य प्रयोजनका लागि सवारी चलाउन रोक लगाएपनि जथाभावी मोटरसाइकल चलाएका मोटरसाइकल समातेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

सरकारले लकडाउनका बेला घरमै बस्न अनुरोध गरेपनी अवज्ञा गरेर बजारमा यत्रतत्र चलाएको भन्दै त्यस्ता मोटरसाइकल समातिएको प्रहरीको भनाई छ । सरकारको पालना अवज्ञा गरेका देशका विभिन्न स्थानमा चालकलाई समेत पक्राउ गरेपनि यहाँ सम्झाई बुझाइ गरिएको छ । समातिएका मोटरसाइकल प्रहरीले कार्यालय र बेझाड बजारमा रहेको प्रहरी बिटमा राखेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय