धनबहादुर ठाडा मित्याल
पाल्पा निस्दी गाउँपालिका मित्यालमा कोरोना रोग सम्बन्धि १ दिने अभिमुिखकरण कार्यक्रम सम्पन्न भएको छ ।. निस्दी गाउँपालिका पाल्पाको आर्थिक सहयोग तथा मित्याल स्वास्थ चौकीको आयोजनामा कार्यक्रम भएको हो ।
निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यलय मित्यालका वडा अध्यक्ष न्यो बहादूर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशा , अर्जुन राना र मित्याल स्वास्थ चौकीका प्रमुख पुरबहादुर सारुले गर्नुभएको थियो । शिक्षक , कर्मचारी , महिला स्वयंसेविका , समाजसेवी तथा सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्ष न्योबहादुर सुनारीको संयोजकत्वमा १३ सदस्यीय गाउँ समन्वय समिति गठन गरेको छ.।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय