बन्दना पोखरेल रामपुर पाल्पा चैत्र १०
सुर्योदय कृषी सहकारीले आज नयाँ सन्चालक समितिको घोषण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । सुर्योदय कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले नया सन्चालक समिति गठन गरेको हो । संस्थाका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा सस्थांको कार्यालयमा एक कार्यक्रमका बिच पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
पद तथा सपथ ग्रहणको कार्यक्रममा मुख्य पाहुना प्रदेश सभा सदस्य युवराज खनाल रहनु भएको हो उहाँले बोल्दै सवैलाई सस्था प्रति उत्तरदायीत्व र जिम्मेवारिलाई उचित रुपमा पालना गर्दै अगाडि बढाउन शुभकामना व्यक्त र्गनु भएको छ । उहाँले कृषि सहकारिको काम कर्तव्य र अधिकारका वारेमा बोल्दै सहकारि कृषक सगँ जोडिएर कृषी र्कमलाई समृद्ध बनाउन समेत आग्रह र्गनु भएको छ । एक फरक प्रसंगमा बोल्दै अहिले राज्य संकटमा परेको छ । विश्व व्यापि आतंक मच्चाई रहेको कोभिड १९ (कोरोना ) भाईरसबाट आफू पनि बच्च र अरुलाई पनि बचाउन आफ्नो तफबाट सहयोग र्गन साथै अत्यावश्यक बाहेक अरुकाममा बाहिर ननिस्कन समेत आग्रह गर्नु भएको छ ।
नबगठित सन्चालक समितिको अध्यक्षमा टंकनाथ खनाल, उपाध्यक्षमा मित्रलाल गौतम, सचिव राजकुमार मानन्धर, कोषाध्यक्ष बिन्दु श्रेष्ठ रहनुभएको छ । समितिको सदस्यमा विस्नुप्रसाद रेग्मी, विनोदकुमार श्रेष्ठ, चोलाकान्त उपाध्याय, धर्मराज ढकाल, फणेश्वर गौतम, रुद्रनारायण श्रेष्ठ, जीवन सिं ठकुरी, लेखनाथ पोखरेल रहनुभएको छ । सोमबहादुर सेन, संयोजक रहेको तीन सदस्यीय लेखा समिति चयन गरिएको छ । जसको सदस्यमा विनोद पंगेनि र सरस्वती अर्याल रहनुभएको छ ।
पद हस्तान्तरण कार्यक्रममा नेकपा जिल्ला कमिटि सदस्य एवं नगर ईन्चार्ज राजु प्रसाद श्रेष्ठ,नेकपा नगर कमिटि अध्यक्ष कमलराज भट्टराई लगाएतले शुभकामना नयाँ र्काय समितिलाई शुभकामना दिनु भएको छ । निर्बाचन संयोजक भुपति पाण्डे कार्यक्रमको सन्चालन र्गनु भएको हो भने धन्यवाद निर्बाचन मण्डलका सदस्य राजेन्द्र बस्ताकोटिले दिनु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय