
बन्दना पाेखरेल रामपुर पाल्पा चैत्र ९
विश्व आतंक मच्चाई रहेको कोरोना भाईरसका कारण पर्यटकिय क्षेत्र ताल पोखरा अनिश्चित कालका लागि बन्द गरिएको छ । अहिल विश्व भरि महामारिका रुपमा फैलिएको भाईरसले कुनै पनि क्षेत्रलाई छोडेको छैन । राज्यले सर्तकता अपनाउनका लागि भन्दै धेरै क्षेत्र बन्द गरेको अवस्थामा राजधानि बाट गाउँ आउनेको संख्या बढेको छ । यस सगँै दिनमा ताल पोखरा घुम्नेको संख्या पनि बढ्दै गएपछि सतरकता अपनाउनका लागि ताल पोखरा संरक्षण समितिले अनिश्चित कालका लागि भन्दै बन्द गरेका समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले बताउनु भएको छ ।
अहिलेको संक्रमणको अवस्थालाई मध्य नजर गर्दै संक्रमणको जोखिम न्युनिकरण गर्न यहाँ सन्चालनमा राखिएका डुङ्गा तथा र्पाक सवै अर्को सुचना नभए सम्मका लागि बन्द गरिएको सुचना मार्फत जानकारि गराएको छ । कालीगण्डकी क्षेत्रकै आकर्षक गहना बन्न सफल भएको तालपोखरा कोरोनाको प्रभाबमा परेको छ . पर्यटकिय सय गन्तव्यको सुचिमा परेको ताल मानब निर्मित हो ।