परेवाखबर संवाददाता
युवाहरुको समुहले काठमाडौँबाट गाउँ फर्कन लागेका यात्रुहरुलाई कोरोना अर्थात (कोभिड १९) को संक्रमणबाट जोगिनका निम्ती निशुल्क माक्स तथा सेनिटराइज वितरण गरेका छन् ।


काठमाडौँको कोटेश्वर देखी चक्रपथ हुँदे गोंगबु बसपार्क र कलंकी सम्म यात्रुहरुलाई सेनिटराइजले हात धुवाँदै माक्स वितरण गरेका हुन ।


ऊँश्रीबालाजी ट्रेडका सञ्चालक द्धोय श्रीधर अर्याल र सुदन पराजुलीको पहल र दामोदर अर्याल र बासिल श्रेष्ठको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।


गाउँ जाने यात्रुहरुको सुरक्षा र संक्रमण फैलन नपाओस भन्ने उदेश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको अभियानका एक अभियान्ता श्रीधर अर्यालले जानकारी दिनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय