बन्दना पोखरेल रामपुर पाल्पा चैत्र ९
पूर्वखोला गाउँपालिका बिरकोट स्वास्थ्य चौकिलाई भारतिय दुतावासले एम्बुलेनस सहयोग गरेको छ । पाल्पाको विभिन्न गाउँ बस्तीहरुमा स्वास्थ्य सेवाको पहुचँ सुविधा अझै छैन यस्तो अवस्थामा एम्वुलेन्स प्रात्त र्गनु आफैमा एक उपलब्धि हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालकाले गाउपालिका र अन्य जुनसुकै ठाउमा बिरामी लैजान र ल्याउन सहज हुने भन्दै यसका लागी पहल गरेको वताउनु भएको छ । बिरकोट स्वास्थ्य चौकी प्रमुख सरस्वती श्रेस्ठले एम्बुलेनस बिरकोट स्वास्थ्य संस्थामा आइसकेको एम्वुलेन्स छिटै सन्चालनमा ल्याईने उहाँको भनाई रहेको छ ।
कार्यविधि बनाएर सन्चालनमा ल्याउने तयारी गर्ने र चालकको को लागि सुचना प्रकासन गर्ने उहाँले जानकारी गराउनु भयो । बिरकोट स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष तथा पूर्वखोला गाउपालिका वडा न ५ वडा अध्यक्ष धन बहादुर सिंजालीले एम्बुलेन्स संचालनको तयारी केही दिनमा समाधान हुने र यस भेगका जनता हरुलाइ सहज हुने विश्वास व्यक्त गर्नु भयो । बिरकोट स्वास्थ्य चौकी नेपाल सरकारले घोषणा गरेको १५ शैयाको स्वास्थ्य चौकिको रुपमा सतर उन्नती समेत हुँदै छ।