बन्दना पोखरेल रामपुर पाल्पा चैत्र ९
पाल्पा निस्दी गाउँपालिका युवाहरु अहिले आफ्नै गाउँमा व्यावसायिक बन्दै छन् । कोहि लोक कुखुरा पाल्दै आर्थिक समृद्ध बढाउदै छन् भने कोहि बाईलर ,कोहि व्यावसायिक तरकारि खेति गर्दै जिबन व्यवस्थीत गर्न लागेका छन् । हरेक युवाको आकर्षण बैदेशिक रोजगार भएका बेला निस्दीका कीसान सारु भने बारि खन्नमा व्यस्त छन् । अहिले निस्दी र निस्दी वासि लाई समृद्ध बनाउन विभिन्न कार्यक्रमहरु ल्याईएका छन् भने यहाँ युवा जोस पनि र्जुमुराएको छ । जब सम्म युवा जोस र जागर मैलाउन सक्दैन तव सम्म कुनै खालका प्रयास सफल हुदैन भन्ने गतिलो उदाहरण बनेका छन् निस्दी ५का युवा कृषक किसान सारु ।
आफ्नो बारिलाई हरियो बनाउदै आएका उनी बारि मै रमाउन थालेको ४ बर्ष भन्दा धेरै भएको छ । गत वर्ष पनि उनले बारीमा भेडे खुर्सानी बेमैसमी काउलि लगाएका थिए । जसबाट उनले ५ लाख आम्दानि गरेको वताउछन् ।
यस वर्ष उनको बारिमा अहिले निकाल्न लागीएका काक्रा , खुर्सानी , टमाटर छन् । करिव ५ रोपनी क्ष्ोत्रफलमा लगाईएका तरकारिहरुले उनलाई आनन्द दिने र्गछ। पानि अर्थात सिचाईको व्यवस्था छैन तर पनि सघंषबाट काम गरिरहेका छन् । अहिले उनको बारिमा ५ वटा हाईटेक टनेलमा तरकारि लगाईएका छन् । गत आर्थिक बर्षमा गाउँपालिका बाट थोपा सिचाईका लागि टकिं र केहि पाईप सहयोग गरेको थियो ।
कसैले सहयोग गरेको छैन तर पनि किसानले आफै ६० हजार लिटरको पलाष्टिक पोखरी नीर्माण गरेर आकासका पानि सकंलन गर्ने गरेका छन् सोहि पानिबाट सुख्खा जमिन सिचाई गरी तरकारि फलाएका छन् । उनलाई काममा उनकि श्रीमति सनीसरा सारुले सघाउछिन् भने प्रविधिक सहयोग गाउँपालिका कृषी शाखाले गर्दै आएको छ । उनका दुई छोरिहरु छन् उनिहरु जनता आधारभुत विद्यालय पिपलभन्ज्याङ्गमा पढ्छन् । उनले यो बर्ष तरकारि बेचेर करिव ६ लाख आम्दानि गर्ने लक्ष्य राखेका छन् ।
उत्पादन भएको तरकारि नजिकका बजार रामपुर, बेलडाडा, जस्ता बजारमै विक्री हुने गरेको निस्दी गाउँपालिकाका कृषी शाखा प्रमुख खेम कोईरालाले बताएका छन् । अन्य सहयोग दिन नसकेपनि हाल हामिले कृषी प्राविधिक सहयोेग दिईरहेका छौ भन्दै यदि कृषकले धेरै उत्पादन गरेमा विक्री गर्न नसके विक्री नभएमा गाउँपालिकाले त्यसको व्यवस्थापन गर्ने बताउछन् । एक वडा एक उत्पादन भन्ने निस्दी गाउँपालिकाको उद्देश्य रहेको र यसको व्यवस्थापनका लागि सकेसम्म लागी परेको कृषी शाखा प्रमुख कोईरालाले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय