गम बयम्बु मगर,पाल्पा
।।गजल।।
तिमी पक्कै आउँदैनौ वेहोसमा म ढलेको बेला
तिम्रो घरमा नौमती बजाउनेछ म जलेको बेला
झुटो मायाँ देखाएर जिन्दगी नै खरानी बनायौ
देह त्याग नै बेस लाग्यो तिमीले छलेको बेला
म जल्दा शंख फुक्लान् रामराम गर्दै तर तिम्रो
ऊँ मंगलम्।।।जप्नेछ यज्ञमा आगो बलेको बेला
दोष लाउलान् समाजले मेरै मृत्युको बिषयमा
अञ्जान बन्नु हामी बिचको चर्चा चलेको बेला
यात्रा हाम्रो फरक भो दोबाटोले छुट्याई दियो
भञ्ज्याङ्गमा बर रोपेँ थकाई मार्नु गलेको बेला

गम बयम्बु मगरको फेसबुक पेज बाट

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय