पाल्पा रामपुर बन्दना पोखरेल
पाल्पा जिल्ला रामपुर नगरपालिकामा रहेको रामपुर बचत तथा ऋण सहकारिले हात धुने सिक (बेसिन) बजारमा राखेको छ । बिश्वभर आतंक मच्चाई रहेको (कोभिड १९) कोरोना भाईरस बाट बच्न र बचाउन जन स्तरबाट नै सचेत रहन पर्ने भन्दै यो हात धुने ठाउँ बनाईएको सस्ंथाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले बताउनु भएको छ । पाल्पा स्याङ्गजाका तनहुँ र नबलपरासीको संगममा रहेको गण्डकि बेसिको मुख्य व्यापारिक केन्द्र रामपुरमा धेरै मानिसको भिडभाड हुने र जनचेतना पनि आवश्यक रहेकोले यो राखिएको अध्यक्ष श्रेष्ठले जानकारि दिनु भएको छ ।
आफू पनि बचौ र अरुलाई पनि बचाउ स्वस्थ्य, रहनु आत्मबल बढाउनु नै यसको बच्ने उपाय भएको भन्दै सवैलाई बजार आईसकेपछि हात धुन र सफा रहन सस्थाका व्यवस्थापक रामचन्द्र अधिकारिले आग्रह समेत गर्नु भएको छ । हात धुने ठाउँको स्थापना गरि सावुन समेतको व्यवस्था गरेकोमा सहकारिले जनहितको काम गरेको भन्दै स्थानिय विपिन अधिकारिले खुसि व्यक्त गर्नु भएको छ ।
रोग लाग्न भन्दा रोग लाग्न नै नदीनु उत्तम उपाय भएको भन्दै सवैले यो दुखको घडिमा एक जुट भई संयमीत रहन र राज्यलाई आफ्नो तर्फवाट सघाउन पर्नेमा जोड दिदै सहकारिका युवा परिचालन उपसमिति सदस्य अशोक श्रेष्ठले यो दुखको समयमा कमाउने धन्दा भन्दा पनि मानबीयताका विषयमा संवेदनसिल भई आआफ्नो क्षेत्र ठाउँ बाट सक्दो सहयोग गर्नु पर्ने बताउनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय