परेवा खबर संवाददाता

पेसागत महासंघ नेपालले नोबेल कोरोना भाइरस अर्थात (COVID-19)   को महामारी फैलिरहेको वर्तमान अवस्थामा सरकारवाट जारी हुने निर्देशन तथा उपायहरुको पालना र उपयोग गर्दै आफू सुरक्षित रहन सवैसँग हातेमालो गरी अगाडी बड्न आग्रह गरेको छ ।


महासंघले आज एक विज्ञप्ति जारी गरी महामारीलाई देश भित्र भित्रन नदिने र भित्रिहाले पनि समूचित सहयोगको व्यवस्था मिलाउन सवै राष्ट्रिय संघ, प्रतिष्ठान तथा महासङ्घ सम्वद्ध सदस्यहरुमा आह्वान पनि गरेको छ ।


त्रासदीपूर्ण अवस्थाको गलत फाइदा उठाउदै दैनिक उपभोग्य लगायतका सामाग्रीहरुको कृतिम अभाब सृजना गरी कालोवजारी गर्ने र देश र जनता शंकटमा परेको मौका छोपी सोबाट फाईदा उठाउँदै अनुचित मुनाफा आर्जन गर्ने गलत तत्वले आफ्नो स्वार्थ पूर्तिगर्न सक्ने अवस्था समेतलाई दृष्टिगत गरी नियमित तथा प्रभावकारी अनुगमनकालागि महासङ्घ नेपाल सरकार सँग अनुरोध गर्दछ । महासचिव विष्णु लामिछाने द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

साथै महासंघले अहिलेको अवस्थामा सुधार नआउँदा सम्म राष्ट्रिय स्तरका ट्रेड युनियन संङ्घ संगठनहरुलाई ठूल्ठूला सभा, सम्मेलन, भेला, जुलुस नगर्न, अनावश्यक घर वाहिर ननिस्कन, भिडभाडमा नजान तथा कार्यक्षेत्रमा जनचेतना जगाउने काममा सक्रिय रहन अनुरोध पनि गरेको छ । हेर्नुहोस विज्ञप्ति जस्ताको तस्तै

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय