बन्दना पोखरेल रामपुर पाल्पा चैत्र ५
रामपुर नगरपालिका वडा नं ६ ले नोबेल कोरोना भाइरसबाट वच्न र बचाउन सचेतनामुलक घरदैलो अभियान शुभारम्भ कार्यक्रम गरेको छ । वडा अध्यक्ष हुमनाथ न्यौपानेकमे अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना नगर प्रमुख रमणबहादुर थापा रहनुभएको हो । मुुख्य पाहुना नगर प्रमुख थापाले रोग लागिहालेमा आत्तिन भन्दा पनि आत्मबल बढाएर सजगता अपनाउनु पर्नेमा जोड दिनुभएको छ । उहाले नगरपालिकाले विभिन्न स्थानमा हेल्पडेस्क राख्ने, आइसोलेसनका लागि पाच बेड तयार पारेको बताउदै मास्क उत्पादन कार्य गर्न लागेको उहाले बताउनुभयो ।
नगर स्वास्थ्य संयोजक तिर्थप्रसाद ढुङ्गानाले कोरना भाइरसबारे जानकारी दिदै नियमित साबुनपानिले हातधुने, अङ्कमाल नगर्ने, नियमित मास्कको प्रयोग गर्ने लगायत भाइरसबाट सजग रहन अनुरोध गर्नुभएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, पत्रकार, राजनीति दल, स्वयंसेविका लगायतको सहभागीता रहेको थियो । वडा सदस्य लोकमाया कुमालको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो । सोहि कार्यक्रमका अवसरमा दरैठाटि माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा र नवदुर्गा माविका सहायक प्रधानाध्यापक दिपेन्द्रप्रसाद भट्टराईलाई विद्यालयको लागि मास्क र पर्चा वितरण गरिएको छ ।
घरघरमा पुगेर बिश्ब भर भैलिएको कोरना र यसबाट बच्ने उपायका विषयमा बुझाउने र्पचा वितरण गर्ने काम गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय