धनबहादुर ठाडा , पाल्पा

चैत ०५ पाल्पा निस्दी गाउँपालिका मित्यालमा कोरोना भाइरस रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

निस्दी गाउँपालिका पाल्पाको आयोजनामा भएको कार्यक्रममा केयर नेपालका प्रशिक्षक सुधीर मिश्रले सहजीकरण गर्नुभएको थियोे ।

कार्यक्रममा कार्यपालिका सदस्य , कर्मचारी र सरोकारवाला गरि ५६ जनाको सहभगिता रहेको थियो ।

पालिकाले आगामी चैत १० सम्ममा प्रत्येक वडामा कोरोना रोग सम्बन्धि अभिमुखिकरण तथा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको छ।

साथै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको संयोजकत्वमा ३१ सदस्यीय पालिका स्तरीय समन्वय समिति गठन गरेको छ। कार्यक्रमको संचालन निस्दी गाउँपालिका स्वास्थ शाखा संयोजक रेम बहादुर दिशाले गर्नुभएको थियो ।

Chat conversation endType a message…

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय