पाल्पा,चैत्र ४ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा पाल्पाले कोरोना भाइरस कोभिड १९ सम्बन्धी सचेतनामुलक अभियानको सुभारम्भ गरेको छ । तानसेनको सित्तलपाटीमा एक कार्यक्रमको आयोजना गरि सचेतनामलुक पर्चा पम्पेल्ट वितरण एवं घरदैलो कार्यक्रम सुरु गरिएको हो ।

कोरोना भाइरसबाट पछिल्लो समय विश्व समुदाय नै आतंकित बनिरहेको समयमा नेकपा पाल्पाले यसबाट जोगिन सक्ने उपायको बारेमा बृहत कार्यक्रम सञ्चालनमा ल्याइएको छ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले कोरोना भाइरबाट भन्दा पनि यसबारे फैलाईएको नकारात्मक अपबाहबाट जोगिनुपर्ने समय आएको बताउनुभयो । कोरोनाबाट जोगिन सरकारले पर्याप्त तयारी गरेको भन्दै संयममित भएर सर्तकता अपनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा सम्बद्ध नेता तथा कार्यक्रताको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा नेकपाका नेता तथा कार्यक्रताले तानसेनका घर घरमा पुगी कोरोनोबाट जोगिन सन्देश प्रवाहाका साथै स्थानियलाई पर्चापम्पलेट वितरण गरेका थिए । नेकपा पाल्पाले सुरु गरेको उक्त कार्यक्रमको स्थानियले खुलेुर प्रशंशा गरेका छन । स्थानियले स्थानिय सरकारको सहकार्यमा कोरोना सम्बन्धी सचेतनामुलक कार्यक्रमलाई तिव्रता सदन सुझाव समेत दिएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय