बन्दना पोखरेल रामपुर पाल्पा चैत्र ४
पूर्वखोला गाउँपालिकाले आफ्ना जनताका लागि हरेक हिसावले सुख र साथ दिदै आएको छ । दिगो विकास लक्ष्य प्रात्तिका लागि मैलिक अधिकार प्रदान र्गनु स्थानिय निकायको कर्तव्य हो । यहि अन्तरगर्त गाउँगाउँमा कार्यक्रम गरिरहेको छ । यसै अन्तर्गत परिवार नियोजनको अस्थाई साधन आई.यु. सि.डि तथा ईम्प्लान्टको सेटलाईट शिविर सन्चालन गरेको छ ।
पूर्वखोला गाउँपालिका देविनगर स्वास्थ्य चौकीमा महिलाहरुले प्रयोग र्गने अस्थायी बन्धाकरणका साधन वितरण गरेको छ । देविनगरमा प्रदान गरिएको सेवामा आई.यु.सि.डि महिलाले १२ बर्ष प्रयोग गर्ने बन्धाकरण हो जुन २ जनाले प्रयोग गरेका छन् । भने २३ जनाले ईम्प्लान्ट सेवा प्रयोग गरेका छन् जसको प्रयोग महिलाले ५ बर्ष सम्म गर्ने र्गछन् । पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार खुशि र सुखि रहन स्वास्थ्य मानबका लागि अपरिर्हाय हो भन्दै धेरै बच्चा जन्माउनु स्वास्थ्यका लागि नराम्रो हुने त्यसैले सुखि परिवारका लागी यो जन्मान्तर हुनु आबश्यक रहेको भन्दै यस विषयमा जन स्तर सम्म सचेतना पु¥यानु स्थानिय निकायको दायित्व हो भन्नु भएको छ । स्वास्थ्य कर्मी सरास्वति श्रेष्ठ र बसन्ता केशिले सेवा प्रदान गर्न सहजिकरण र्गनु भएको थियो ।