बन्दना पोखरेल रामपुर पाल्पा चैत्र ३
पुर्बखोला गाउँपालिकाले कोरोना भाईरसबाट जोगिन सचेतना कार्यक्रम आयोजना गरेको छ । अहिले विश्व भरि यस भाईरसको महामारि फैलिएका बेला पूर्वखोला गाउँपालिकाले स्वास्थ्य कर्मिहरुलाई एक दिने अभिमुखिकरण गोष्ठि सम्पन्न गरेको छ । विरकोट स्वास्थ्य चौकिमा भएको गोष्ठिमा पूर्वखोलाका सवै स्वास्थ्य सस्थाका स्वास्थ्य कर्मीको उपस्थिति रहेको थियो ।

पुर्बखोला गा.पा. को आयोजनामा पु्र्बखोला ५बिरकोटको स्वास्थ्य चौकी भवनमा गा.पा.मा रहेका स्वास्थ्य चौकी प्रमुख ,स्वास्थ्यकर्मीहरुलाई कोरोनाको ईतिहास कोरोना सम्बन्धि बचने उपाय ,लक्षण , रोकथाम,फैलिन नदिन अपनाउन सकिने उपायका बारेमा ,सम्पूर्ण जानकारी गराउदै सबै ब्यक्ति ,तौल,समाज,गाउँ ,गाउँमा यस सम्बन्धि जानकारी दिई चेतना दिन सवै स्वास्थ्य कर्मीहरुलाई स्वास्थ्य कार्यालय प्रमुख विश्वनाथ न्यौपानेले आग्रह र्गनु भएको छ । प्रमुख विश्वनाथ न्यौपानेले नआतिन र स्वास्थ्यका लागि सरसफाईमा ध्यान दिने , हात मुख राम्रो सगँ धुने, रुघा खोकि ज्वरो आएका तुरुन्त स्वास्थ्य सस्थांमा जाने र्गनु पर्छ भन्दै भिडभाड हुने ठाउँमा नजाने गरेमा त्यसको प्रभाव नर्पने समेत बताउनु भएको छ । उहाँले होम क्वारेन्टाईन अर्थात सेल्फ क्वारेन्टाईमा कसरि बस्ने भन्ने विषयमा समेत सम्झाउदै स्थानिय जनता सम्म सचेतना पु¥याउन पर्ने जसले गर्दा कुनै भाईरस फैलिदैन भन्नु भएको छ । पुर्वखोला स्वास्थ्य शाखाका प्रमुख मोहन ढकालले कार्यक्रमको सहजिकरण र्गनु भएको हो ।
।आज गरीएको सचेतना मुलक छलफलले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गरिनु पर्ने कृयाकलापका बारेमा स्वास्थ्य कर्मी हरुलाई जानकारि दिदै गाउँघर बस्ती सम्म यसको लक्ष्यण रोकथाम र अपनाउनु पर्ने साबधानीका बारेमा सचेतना पु¥याउन समेत गाउँपालिका उपाध्यक्ष भागीरथि भट्टराईले सवै स्वास्थ्य कर्मीलाई आग्रह गर्नु भएको छ ।
पाल्पा जिल्ला स्वास्थ्य शाखाका कोरोना भाइरस रोग सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी भयो ।। पुर्बखोला गा,पा .का स्वास्थ्य संयोजक मोहन ढकाल को संचालनमा चलेको कार्यक्रमको अध्यक्ष्ता गा.पा.उपाध्यक्ष भागीरथी भट्टराईले गर्नुभएको थियो। भने स्वास्थ्य कार्यालय प्रमुख विश्वनाथ न्यौपान र प्रभास पन्थीले सहजिकरण गर्नुभएको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय