बन्दना पोखरेल                                                                                   पाल्पा रामपुर                                                                                                                    चैत्र ३

पाल्पा पूर्वखोला गाउँपालिका ५ बिरकोट बुढिलेख माेचार्बारीका बासीन्दालाई पानी लिन जान घण्टौ लाग्थ्यो एक गाग्री पानि लिन जान मध्यरातमा उठेर जानु पर्ने अबस्थाका उनिहरुलाई घरघरमा पानि आउने कुरा सपना जस्तै लाग्थ्यो तर अहिले घरघरमा पानीआए सगँै नागरिक उत्साहित बनेका छन् । स्थानिय शान्ति सिगंजालिले पहिले पानि लिन जान एक घण्टा लाग्ने तर अहिले गाउँमा पानि आए सगँै  सुबिधा भएको बताउछिन् । घरघरमा पानी को व्यवस्था भए सगँै व्याक्तिगत सरसफाईमा समेत स्थानियले ध्यान दिन थालेका छन् । खानेपानीको सुविधाले र्गदा शौचालय निर्माण गर्ने र सफा गरी प्रयोग गर्न थालेका छन् ।जसले गर्दा बातावरणी सरसफाई देखि बालबालिकाको पढाईमा समेत परिर्वतन आएको छ  ।

“पहिले पानिका कारण समयमै विद्यालय जान नसक्ने फोहरी बनेर विद्यालय जाने बिद्यार्थीे अहिले पानि आए सगँै सफा भएर आउने गरेको मनकामना प्राविका प्रद्यानाध्यापक युवकुमार विकले बताउछन् । ”

“पानिको दुख थियो हामि ३ बजे उठेर पनि लिन जादाँ तल बाट पानी ल्याउनु पर्ने २ खेप पानि  ल्याउदाँ  विहान ७ बज्थ्यो स्थानिय शान्ति सीङ्जालि बताउछिन् । अहिले पानि आए पछि सजीलो भएको र खेर गएको फोहर पानि प्रयोग गरि बारीमा हाल्ने र आफूले प्रयोग गर्ने तरकारि आफै उत्पादन र्गन थालेकोमा खुशि व्यक्त गर्छिन् ।

प्रयाप्त पानि भए पछि आफूलाई आबश्यक पर्ने तरकारि स्थानिय बासिन्दा आफै उत्पादन र्गन थालेका छन् । भने खानेपनिको समस्याका कारण बसाई सराई पनि कम हुनेमा स्थानिय विस्वस्त छन् ।

हामीलाई बुढिलेखबाट  एक गा्रगीमा करिव २५⁄३० लि पानि आउला भने त्यस पानिका लागि राती १ बजे २ बजे  ४⁄५ गाग्री लिएर र्कुन जानु पर्ने बाध्यता रहेको थियो धाराको व्यबस्था नभएर पालो र्कुनु पर्ने पानिकै लागि लडाई झगडा समेत हुने गरेको बलाम दी खानेपानि आयोजनाका अध्यक्ष विर बहादुर सिंजालि बताउदन् ।  न जाडो न गर्मी केहि नभनी पानिको लाईन मै बसिरहनु पर्ने भएकाले यो योजना ल्याईएको भन्दै ओलाम्दी लिफ्टिङ् खानेपानि योजना आएपछि ११५ घर लाभान्वित भएको अध्यक्ष सिगंजालिको भनाई छ ।

खानेपनि तथा सरसफाई डिभिजन कार्यलय बाट १ करोड ३४ लाख र स्थानिय उपभोक्ताको २६ लाख  को लागतमा योजना सम्पन्न भएको हो यस योजना बाट ११५ परिवारका झण्डै १ हजार जनसख्या लाभान्वित भएका छन् । २०७३ जेठमा सम्झैता भई काम सुरु भएको यो योजना २०७५ असोज देखि स्थानियले सामुहिक पानि खान थालेका हुन भने अहिले घर घर नै धारा वितरण भएको स्थानिय सिमा श्रेष्ठले बताएकी छन् । उनका अनुसार लिफ्ट गरेर करिव ४सय मिटर पर बाट पानि ल्याईएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय