काठमाडौँ । सरकारले कालाबाजारीका विरुद्ध कडा एक्सन लिईरहेको छ । संकटको बेलामा समान लुकाएर कालाबजारी गर्नेहरु यति बेला भागाभाग भएका छन् । आज मात्रै काठमाडौँको सतुंगलबाट प्रहरीले लुकाइरहेको अवस्थामा ८ लाख ४० हजार मास्क बरामद गरेको छ ।

रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा ठूलो सङ्ख्यामा मास्क बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आइतबार मात्र प्रहरीले सोही क्षेत्रबाट १ लाख ४० हजारभन्दा बढी मास्क बरामद गरेको थियो । यसअघि प्रहरीले राजधानीको डल्लुबाट ७८ हजार र कपनबाट १ लाख ६८ हजार मास्क बरामद गरेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय