बन्दना पोखरेल चैत्र १ रामपुर पाल्पा
सदस्यको पहिलो रोजाई व्यावसाहिय , सबल एवम् उत्कृष्ट साकोस भन्ने नारा सहित सहकारी ऐन नियमावली तथा पुर्ण तथा व्याबसायीक साकोस विकास कार्यक्रम (प्रोवेशन म्यानुअल) सम्बन्धि छलफल तथा अनुशिक्षण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । रामपुर वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो । संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा सहकारी ऐन, सहकारी नियमावली लगायतका विषयमा जानकारी दिइएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारि, राज्यले लिएको ३ खम्बे अर्थनिति अन्तरगत पनि सहकारि पर्ने भएकाले आर्थीक विकासमा सहयोग र्पुयाउने अध्यक्ष राजु प्रसाद श्रेष्ठले बताउनु भएको छ । पूर्ण तथा व्यावसायिक सहकारिको निर्माणको अभियानमा रहेको सहकारिको हाल कुल पुजि ४१ करोड ५९ लाख रहेको छ भने कुल सेयर पुजि ४ करोड ३४ लाख ३४ हजार रहेको छ । सदस्य केन्द्रित कार्यक्रम गर्ने यस सहकारिको ४१ सय सेयर सदस्य रहेको छ ।
संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन संचालक समिति सदस्य बाबुरामश्रेष्ठले गर्नुभएको हो । होटल नमस्ते पाल्पाको सभाहलमा भएको कार्यक्रममा सहकारी संचालक समिति सदस्य, लेखा समिति सदस्य, विभिन्न उपसमिति सदस्य, कर्मचारीलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको हो । तालिमको सहजिकरण संचालक समिति सचिव लेखनाश शर्मा मरासिनी, सदस्य राजेन्द्रप्रसाद बस्ताकोटि, व्यवस्थापक रामचन्द्र अधिकारी, लेखा प्रमुख गोविन्द पाठकले गर्नुभएको हो ।