बन्दना पोखरेल
चैत १ रामपुर पाल्पा
सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले सन्तुलित पशु आहार बिक्री तथा बीउ विजन संकलन कक्ष उद्घघाटन गरेको छ । संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जिल्ला भेटेनरि तथा पशुविज्ञ केन्द्र प्रमुख डा चन्द्रबहादुर रानाले गर्नुभएको हो । उहाले पशु आहारका लागि सन्तुलित आहार राम्रो रहेकोले नियमित पशुको खानपानमा ध्यान दिन कृषकलाई अनुरोध गर्नुभएको छ । व्यवस्थापक भविनारायण मरासिनीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराउदै स्वागत गर्नु भएको कार्यक्रमको संचालन सचिव बिनोद श्रेष्ठले गर्नुभएको हो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कमलराज भट्टराईले संस्थाले गरेका कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय