बन्दना पोखरेल
रामपुर पाल्पा
फाल्गुण २६
आखिर गरे के हुदैन र यहाँ ,आत्मबिश्वास र दृढ संकल्पका साथ काम गरे आफ्नौ माटोमा सुन फलाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् निस्दी गाउँपालिका वडा नम्बर(५, गल्धा ढुंगानावेशीका सुरेश बयम्बु । अहिले युवाको आकर्षण बैदेशिक रोजगार, एकै चोटि धेरै कमाउने सपनाका पछाडि युवा जमात दौडिएका बेला सुरेश भने आफ्नै भुमिमा आफ्नै गाउँमा व्यावसाय र्गन तल्लीन रहेका छन् ।
सुरेशले अहिले व्यावसायिक रूपमा लोकल कुखुरा पालन शुरु गरेका छन् । आफ्नो बैदेशिक यात्राको कहानी सुनाउदै उनि अर्काको देशमा गर्ने काम र बगाउने पसिना मेहनेत गरेर आफ्नै ठाउँमा बगाउदा आर्थिक रुपमा पनि आम्दानि गर्न सकिने साथै आफ्नो परिवार सगैँ ईश्टमीत्र सगँ चाडवाड मनाउन समेत पाईने भन्दै व्याबसाय सुरु गरेको बताउछन् । २९ वर्षीय बयम्बुले आफै करिब ४ लाख लगानी गरेर कुखुरा पालन गरेका हुन् । हाल बयम्बुको कुखुरा फर्ममा सानोठूलो गरी ७ सय वटा कुखुरा रहेका छन् । अहिले कुखुरा प्रति केजी ६ सयका दरले विक्री हुने गरेको छ ।
हिजोआज गाउँ शहर जताततै बोइलर कुखुराको मात्रै प्रयोग भएको बेला आफुले शुरु गरेको व्यवसायबाट सफलता पाउने विश्वास बयम्बुको रहेको छ।
पहिले विदेशमा रोजगारका लागि िबदेश गएका बयम्बु अहिले स्वदेशमै पसिना बगाउने उद्धेश्यले फर्कीएका हुन । बजारमा अहिले बोइलर कुखुराको भन्दा लोकल कुखुराको माग बढेकाले यसको व्यवसायिक पालन सुरू गरेको उनले बताउछन् । लोकल कुखुराको माग अहिले गाउँघरमै समेत हुन थालेको छ । पहिले पहिले घरघरमा लोकल कुखुरा पालन हुन्थ्यो बयम्बुले भने अहिले घरघरमा बोइलर कुखुरा हुन थाल्यो, त्यसैले मैले लोकल कुखुरा पाल्न सुरू गरे । उनले वार्षिक पाँच लाख भन्दा बढी कमाउने उद्धेश्य राखेका छन् ।
अहिले उनको व्यावसायलाई परिवारका सदस्यहरु सघाउछन् । उनको श्रीमति तेज कुमारि बयम्बु पनि आफ्नो श्रीमानको काम देखि सन्तुष्ट रहेको बताउदै मरे पनि बाचेँ पनि खाय पनि नखाय पनि सगैँ रहन दुख सुख बाढ्न पाउदाँ खुशि भएको बताउछिन् । उनि आफ्ना श्रीमानको व्यावसायमा सघाउने हौसला दिने गर्छीन् ।
निस्दी ५ ढुगांनाबेसि मै उनले मासु पसल समेत खोलेका छन् भने उनको कुखुरा अहिले रामपुर बजार, बेलडाडा बजार आरुङ्गखोला लगाएतका आसपासका बजारमा जाने गरेको बताउछन् ।