बन्दना पोखरेल रामपुर पाल्पा
सार्वजनिक स्थलमा हिडडुल गर्दा होस वा सवारी साधनमा यात्रा गर्दा या त कुनै भेटघाट गोष्ठि कार्यक्षेत्र नै किन नहोस महिला अत्यन्तै असुरक्षित भएको महसुस गरिएको छ । हुदाँ हुदाँ विद्यालय पनि असुरक्षित भएको छ । मौका पारेर सवेंदनशिल अंगहरु छुने , अश्लिन शब्द प्रयोग गरेर जिस्काउन खोज्नेको कुनै कमि छैन यहाँ ।
अझ अहिले त झन आफन्त चिनेजानेका व्याक्तिहरु साथै प्रतिष्ठित व्याक्तिहरु बाट यस्ता खालका गलत व्यावहारको प्रर्दशन भैरहेको पाईन्छ , कतिपय अवस्थामा बलात्कार गर्ने मार्ने फाल्ने समेत गरेको घटना दिनानुदिन आईरहेको छ ।
महिलाहरु दिनानुदिन घर भित्र वा बाहिर आफु सुरक्षित नभएको महसुस गरिरहेको अवस्था अहिले छ । कार्यक्षेत्र जादा होस् वा र्फकदा महिला आफुलाई असुरक्षित महसुस गरिरहेको परिस्थिति रहेकोछ । अहिले पढे लेखेका शिक्षित कामकाजि महिला पनि कार्यक्षेत्र वा अन्य सार्वजनिक स्थलमा होस माथिल्ला तहका हाकिम सायब बाट यसको सीकार भेैरहेका छन । साथै यस्ता घटना बाहिर आउने गरेका छन । त्यस्ता बिचार भएका व्याक्तीहरु प्राय यो वा त्यो वहानामा नजिक हुन खोज्ने र दुव्र्यवाहार गर्ने चेष्टा गरिरहेका हुन्छन् ।काम गर्ने स्थलमा मात्र होईन सार्वजनिक स्थलमा पनि यस्ता घटनाहरु घटिरहेका हुन्छन् । सब्य भनाउदाले गर्ने यस्तो असव्य व्याबहारले महिला माथि हिसां बढिरहेकोछ भने शारिरिक र मानसिक पीडा बोध हुने गरेको छ । प्रत्येक दिन यस्ता दुव्यवाहार बाट गुज्रिन परिरहे पनि उनिहरु आफ्नो परिवार समाज र आफन्त सँग घुलेर राख्न सकिरहेका हुदैनन् ।हाम्रो सामाजिक सस्कार र परम्परा पुरुष बादि रहेको छ । यहि सस्ंकार र मुल्यमान्यतामा अल्झीएर औला आफै पट्टि आउने डरले पीडा सहिरहेका हुन्छन् भित्र भित्र सल्किरहेका हुन्छन् र उनिहरु आफुुलाई असक्त महसुस गरिरहेका हुन्छन् ।
यौन चाहाना एउटा प्रवल सवेंग हो । यसको मानव मस्तिस्क सगँ प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ ।यो संबेग प्रबल बन्दै जादा मानविय व्यावहार यस प्रति आश्रीत हुदै जान्छन् र महिला माथि हुने यौन र्दुव्यबाहारका घटनाले यौन चाहानाको प्रबलतालाई सिमाङकन र्गन नसकेको तथ्य औलाउछ । प्रबल यौन चाहानाले मानिसलाई अन्धो र भ्रष्ट बनाउछ । जब यौन चाहाना र सामाजिक कसिको बिचमा असन्तुलन पेैदा हुन्छ तब मानिसले सामाजिक मुल्य मान्यतालाई बहिस्कार गरेर भएपनि योैन चाहाना प्राप्त गर्छँ ।तब समाजमा यस्ता खालका घटना हरु घट्ने गर्छ र सामाजिक रुपमा महिला असुरक्षित हुने र्गछन् ।
यौन दुवर््यवाहारको चपेटामा शिक्षित र अशिक्षित दुवै महिलाहरु र्पदछन् । खास गरि यस्ता घटना हरु र्गामेट , उद्योग कलकारखाना जस्ता ठाउँमा बढि भएको पाईन्छ , तर पछिल्लो समय हरेक पल हरेक ठाउँ यस्ता घटना घटिरेको पाईन्छ न बिद्यालय सुरक्षित, छ न घर सुरक्षित छ नत आफन्त बाटै सुरक्षित भएको पाईन्छ । अझै भनौ आफुलाई सुरक्षित महसुस गरिएको ठाउँ र व्याक्ति बाटै यस्तो घटना घटिरहेको अवस्था रहेको छ । आफुले सधै आदर सम्मान गर्ने व्याक्तिबाटै यस्तो दुवर््यवाहार हुदाँ न बोल्न सक्ने , नप्रतिकार गर्न सक्ने अवस्था रहेको पाईएको छ । जसको कारण यस्ता व्याक्तिले हौसला पाईरहेका हुन्छन् । र मौन बस्नु नै ठूलो दुर्घटनाको कारण बन्न सक्छ ।
ठूला व्याक्तिको बिषयमा बोल्दा अविश्वास गरिने र आफु प्रति नै प्रस्न उठ्ने डरले गर्दा पनि पिडा लुकाउन बाध्य भएका छन् महिला ।
बिद्यालय स्तरमा यस ज्ञानको कमिका कारण केटाकेटिले आफुलाई परेको योैन समस्या कसरि व्याक्त गर्ने भन्ने अन्यौलमै रहेका हुन्छन् । भने अहिले योैन र्दुव्यवाहर गर्ने प्रमुख थलो बन्न गहिरहेका छन् बिद्यालयहरु पनि । प्राय यौन दुराचारिहरु बलको भन्दा बुद्धिको बढि प्रयोय र्गछन् । बिभिन्न प्रलोभन देखाउने मिठो बोल्न,े ,घुमाउन लैजाने , सिनेमा देखाउने , जागिर लगाईदिने , माया पिरतिका कुरा गरेर ठूला ठूला सपना देखाएर शोषण गर्नेको पनि कमि छैन यहाँ । पछि नमाने जबर जस्ति गर्ने र नमाने हत्या सम्म गर्ने गर्छन् यस्ता दुराचारिहरु एकान्त र गोप्य ठाउँ खोज्छन् र आफ्नो अभिष्ट पूरा गर्ने गछन् ।
किसोरावस्थामा युवतिहरु आफ्नो यौन चाहाना छलफल बाट प्रकट गरिरहेका हुन्छन् । तर उचित अनुचितको ज्ञान दिने बाटो देखाईदिने व्याक्तिको अभावमा खतराको बाटो समाउन पुग्छन् । यौन दुव्र्यवाहार बढ्दै जानुमा सामाजिक सन्जालमा देखापरेको विकृति पनि एक मान्न सकिन्छ । त्यसमा हेर्न सकिने अस्लिन भिडियो ,सीडि त्यस सगै साहित्य र फोटाहरु रहेका छन् । बृद्धि हुदै गएको बलात्कार , यौन दुव्र्यवहारका घटना , असफल प्रेम बाट हत्या, अपहरण जस्ता घटना दिनानु दिन बढिरहेको छ ।
आर्थिक बिषमताले पनि महिलाहरुमा बढि प्रभाव पारिरहेको छ । कतिपय महिलाहरु सामाजिक परम्पराले थिचियका छन् भने कतिपय उपभोग्ता बादको मृगतृष्णको पछाडि दौडिरहेका छन । जसले गर्दा यस्ता घट्न प्रत्यक्ष वा अप्रत्यक्ष सघाउ पुगिरहेकोछ ।
आजको युग अन्याय अत्याचार वेथितिका विरुद्धमा लड्दै समानताको विगुल फुक्नु पर्ने हुन्छ । महिला माथि हुने यस्ता र्दुव्यावाहारका विरुद्धमा संगठित भई आफ्ना दाजु भाई दिदि बैनि छर छिमेक लाइ समेत सचेत बनाउदै ऐकेवद्धताका साथ यस्ता दुव्र्यवाहारका विरुद्धमा लड्न जरुरि भएकोछ । हुनत कानुनि रुपमा धुप्रै अधिकारहरु प्रत्यायोजन भएका छन भने ति त्यस्ता अधिकारहरुको व्यावहारिक र र्कायान्वयनको पाटा दरिलो बनाउनु पर्ने आवश्यकता खड्किएको छ । नेपालको सविंधानमा उल्लेख भएका र त्यसको आधारमा र्निमाण हुने कानुन तथा ऐनहरु प्रभावकारि र्कायान्वयन साथै दोहोरो अर्थ नलाग्ने हुनु पर्ने देखिन्छ यहि भदौ १ देखि लागु भएका देवानि संहितामा पनि यदा कदा दोहोरो भुमिका रहेको पाईन्छ । भने पिडितको उमेर अनुसार बलात्कारिलाई दण्डको व्यवस्था गरेको छ भने आजिवन जेल वा फासिको व्यवस्था पनि गरिएको छैन । यस सम्बन्धि बहस र छलफल चलाउदै भएको व्यवस्थाको कडा र्कायान्वयन गदै जान सके हिंसा न्युनिकरणमा ईट्टा थपिने थियो । साथै हरेक महिलाले सयंमिपता अपनाउदै हिंसा हुने संभाबित क्षेत्र बाट टाठै रहने र आफुलाई असजिलो महसुस हुने रहेक कुराको प्रतिकार गर्न जरुरि रहेको छ ।
महिला सचेतना र गोष्ठि न्युन र्वगका महिला सम्म र्पुृयाउनु पर्ने र चेतना जागृत गर्दै अघि बढ्नु पर्ने देखिन्छ । कानुनको कडाईका साथ पालना गर्ने गराउने समाज समुदाय र आफ्नो जिम्मेवारि पुरा गरे स्वच्छ सब्य समाज निर्माणमा टेवा पुग्ने छ । असल नागरिकको भुमिका र्निवाह गरौ र हिसां रहित समाज र्निमाणमा सहयोग र्पुयाउ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय