बन्दना पोखरेल रामपुर पाल्पा फाल्गुण २२

छम्के आधारभूत बिद्यालय को नव निर्मित ४ कोठे पक्की भवन को समुद्घाटन भएको छ। रामपुर नगरपालिका वार्ड न १ छम्के पाल्पामा रहेको यो बिद्यालयको आज एक कार्यक्रमका विच उद्दघाटन गरिएको हो ।  प्रदेश नम्बर ५ पाल्पा का प्रदेश सभा सदस्य युवराज खनाल ले नवनिर्मित भवन को उद्घाटन गर्नु भएको हो ।  उद्द्घाटन गर्दै प्रमुख अतिथि खनालले शिक्षा जिबनको महत्वपूर्ण पाटो र आज शिक्षा प्राप्ति गर्ने बाल बालिका भोलिका देशका कर्णधार भएकाले यीनले आवश्यकता अनुसार प्रविधि मत्री सुविधा सम्पन्न भवन पाउनु अधिकार समेत रहेको बताउदै सवै मिलेर ग्रामीण क्षेत्रमा शिक्षा र्पुयाउनु पर्ने बताउनु भएको छ । शिक्षालाई सवैको पहुचको बनाउन अहिले प्रदेश सरकारले कठीन विषयका टियुसन समेत सन्चालन गर्न सघाउ र्पुयाएको बताउनु भएको छ । एक फरक प्रसंगमा बोल्दै प्रदेश सरकारले यस क्षेत्रमा गरेको लगानीका विषयमा समेत बोल्नु भएको थियो ।

पुनर्निर्माण प्राधिकरण आयोजनाको आर्थिक तथा प्राबिधिक सहयोगमा भवन निर्माण सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डेले ७० लाख २७ हजार बरावरको आर्थिक प्रतिबेदन सुनाउनु भएको थियो ।

विद्यालयका शिक्षक बिष्णु मायाँ खनालको स्वागत बाट सुरु भएको कार्यक्रममा वार्ड न १ का वडाध्यक्ष मित्रलाल कडेल,आयोजना इकाई कार्यालय पाल्पा का प्रमुख लक्षमण देबकोटा,आधारभुत मा बि का बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष कमल राज भट्टराई ,चन्द्रोदय मा बि का प्रधानाध्यापक टङ्क नाथ पोखरेल,शान्ती प्रा बि का शिक्षक कृष्ण प्रसाद कडेंल लगायतले बोल्नु हुदैँ ब्यबहारिक तथा प्राविधिक शिक्षा अहिले को आवश्यकता भएकोले त्यस तर्फ सबैको ध्यान जान आबश्यक भएको कुरामा जोड दिनु भएको थियो ।

ब्यबस्थापन समिती का अध्यक्ष पुर्ण बहादुर अर्दली को अध्यक्षता मा भएको कार्यक्रममा  १० बर्ष शिक्षण पेशामा रही विद्यालयमा सेवा गर्नु भएका कृष्ण प्रसाद कडेंललाई सम्मान तथा विधाई समेत गरिएको छ  । बिद्यार्थी को रमाइलो नाचगान का साथमा भएको कार्यक्रम को सन्चालन शिक्षक सन्तोष अधिकारी ले गर्नु भएको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय