बन्दना पोखरेल रामपुर पाल्पा

पाल्पाको रामपुर, किर्तिपुर, सहलकोट हुँदै नवलपुरको झ्यालबास जोड्ने सडक खण्डको निस्दीखोलामा पक्की पुल शिलन्यास भएको छ । प्रदेश नं. ५ भौतिक पुर्वाधार विकास मन्त्रालय द्वारा निर्माण हुन लागेको रामपुर नगरपालिका १ र ३ जोड्ने निस्दीखोला मसानेघाट पक्की पुलको आज शिलन्यास गरिएको हो । पुलको प्रदेश नं. ५ का भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरी र पूर्व मन्त्री एवं संघिय सांसद दल बहादुर रानाले संयुक्त रुपमा शिलन्यास गर्नु भएको हो । पुलको शिलन्यास गर्दै प्रदेश नं. ५ का भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले संघिय सरकार आए संगै जनताले विकासको प्रत्यक्ष अनुभूति गरेको बताउनुभयो । प्रदेश सरकार आए संगै विकासले गति लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पहिले पनि विकास नभएको होइन । तर समयमा अनुगमन, प्राविधिक सल्लाह तथा रकम निकासा नहुँदा विकासमा ढिलो हुने गरेको हो । सामाजिक न्याय सहितको समृद्धि भन्ने नारा सहित प्रदेश सरकार लागेको बताउनु हुदै पाल्पाका धेरै नाका राजर्माग सगँ जोडिदै छ  भन्नु भएको छ ।उहाँले यस क्ष्ोत्रमा प्रदेशका करिव २५ भन्दा धेरै योजना परेको बताउनु भएको छ ।

पूर्व मन्त्री एवं संघिय सांसद दल बहादुर रानाले १२ वर्ष पछिको प्रयासले बल्ल सार्थक रुप प्राप्त गरेको यो पुल समयमा सम्पन्न गर्न निमार्ण व्याबसाय लाग्नु पर्ने  बताउनुभयो । रानाले निस्दी खोलाको पुल संगै अब रामपुर पन्थे सहलकोट झ्यालवास सडकलाई सुधार गर्न अब प्रदेशले ध्यान दिनुु पर्ने बताउनुभयो ।साथै रानाले रामपुर ३ र निस्दी २ लाई जोड्ने पुल पनि प्रकियामा रहेको बताउनुभयो । सरकारको काम भएन सबेै विग्रीयो भन्दै अहिले सोसल मिडिया लागेको जस्तो अबस्था होईन भन्दै कागले कान लग्यो भनेर कागको पछि नलाग्न काम भैरहेको छ योजना आजको भोलि सम्पन्न हुदैनन् सम्पन्न हुन समय लाग्छ काम भैरहेको छ भन्देै  यस क्षेत्रमा परेको केहि योजनाको नाम समेत लिनु भएको छ । संघ र प्रदेश बाट परेका योजना रजघरा खोप्टार मोटर बाटो , खानेपानि , रजघरा झ्यालबास वाटो , रजघरा स्कुलमा ४ कोठे भवन र कम्युटर ल्याव , बालहित माविमा पनि ४ कोठे भबन लगाएतका बजेटका विषयमा बताउनु  भएको छ । सहयोग समिति गठन समेत गठन गरेर अगाडि बढेको यो पुल निर्माणका लागि सवैले सहयोग गर्न आग्रह समेत र्गनु भएको छ ।

प्रदेश नं. ५ का सांसद युवराज खनालले संघ, प्रदेश र स्थानिय सरकारले पुर्वाधार निर्माणलाई अघि बढाएको भन्दै विकास निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले योजनाहरुको निगरानी पनि आवश्यक रहेको बताउनु भएको छ । पुल निर्माण सम्पन्न पश्चात स्थानियहरुलाई थप सहज हुने बताउनुभयो ।

 रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरले आफ्नो स्रोत र साधनले भ्याय सम्म विकासमा ध्यान दिएको बताउनुभयो । थापाले नगरपालिका पुर्वाधार संगै पर्यटन विकासलाई प्रथामिकतामा राखेर अघि बढेको बताउनुभयो । प्रदेश नं. ५ भौतिक पुर्वाधार विकास मन्त्रालयका निर्देशक इन्जिनियर भिमार्जुन पाण्डेले ६२ दशमलव ९५ मिटर लामो पुल ८ करोड ५४ लाख ३३ हजार ५ सय ८१ रुपैयाँ अनुमानित लागत मध्ये इलाइट निर्माण कम्पनीले ८ करोड १२ लाख २५ हजार ६ सय ४३ को लागतमा सम्झौता गरेको बताउनुभयो । गत फागुन १२ मा सम्झौता भएको पुल २४ महिनामा सकिने बताउनुभयो । पुल नयाँ प्रविधि अनुसार निर्माण हुने पुलको चौडाई ११ मिटर रहने छ । कार्यक्रममा निर्माण व्यवसायी श्याम केसीले निर्धारित समयमा नै निर्माण सम्पन्न गरिने प्रतिवद्धता जनाउनुभयो । जिल्ला समन्वय समितिका पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर १ का वडा अध्यक्ष मित्रलाल कंडेलको स्वागत र रामपुर ३ का वडा अध्यक्ष दिनेश कुमार खनालको सञ्चालनमा भएको हो । निस्दी खोलामा पुल नहुँदा रामपुर १, निस्दी १, २ र ३ का स्थानियहरु प्रत्यक्ष मारमा परेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय