कुशल अर्याल,फागुन ८ काठमाडौँ । चर्चित लोकदोहोरी गायिका कमला पोख्रेलको नयाँ पञ्चे बाजा एल्वम बजारमा सार्वजनिक भएको छ । उक्त पञ्चेबाजा बजारमा सार्वजनिक हुने वित्तिकै एकाएक चर्चामा पनि आएको छ ।
“चारै तिर लगनको महिना भो लैजाउ रुमाल यही तिमीलाई बैना भो”
घुमाउला सात फन्को जुनी भरी राख्नेछु मायाँलाई बन्धनमा जिवनको
जस्ता मार्मिक टिपिकल शब्द चयन यस गीतमा गरिएको छ ।
सहयात्रा डिजिटल प्रालिले बजारमा ल्याएको उक्त पञ्चे बाजाको एल्वममा चर्चित गायक कृष्णरानाभाटले पुरुष तर्फ स्वर दिएका छन् भने शब्द महेन्द्र क्षेत्रीले गरेका हुन् ।
पञ्चे बाजा एल्बम बजारमा सार्वजनिक हुने वितिकै एकाएक भाईरल हुनुको कारण बारे परेवा खबरले गायिका कमला पोख्रेलसँग प्रतिक्रिया लिने क्रममा उनले यस गीतमा टिपिकल सामाजिक विषय वस्तुका शब्दहरुलाई चयन गरिएको यर्थाथ परक सामाजिक अवस्थालाई चित्रण गर्न खोजिएको हुनाले दर्शक श्रोताले यो गीत मन पराएको हुन सक्ने बताईन ।
पाल्पाको सोमादीमा जन्मिएकी गायिका कमला पोख्रेल पाल्पाको चर्चित मदनपोखरा विशाल लोकतारा २०६८ की विजेता हुन । करिब एक दर्जन भन्दा बढी एल्बममा आफ्नो सुमधुर स्वर दिईसकेकी पोख्रेलले अहिले अमेरिकामा रहेका चर्चित लोकगायक भगवान भण्डारीको गुरास झै फुलेर एल्बममा पनि भण्डारी सँगै स्वर दिएकी छन् । भने उनले पछिल्लो समयमा आफ्ना श्रीमान कृष्ण रानाभाट सँगै साँगितीक यात्रामा छिन् ।
यस गीतको म्युजिक भिडियोमा पोखराका युवा व्यवसायी लक्षुमण रानाभाट बेहुला र नृत्यकार सुजन खड्का बेहुलीको भुमिकामा देखिनु भएको छ ।
सत्यवती कलाकेन्द्रले दृष्य निर्माण गरेको उक्त म्युजिक भिडियोको निर्देशन उदिराम खड्काले गरेका छन् भने छायाँकन हरीनारायण चौधरीले गरेका हुन ।
भिडियो हेर्नुहोस