बन्दना पोखरेल
पाल्पा(रामपुर), रामपुर नगरपालिका ६ तातोपानी धाममा श्रीमद्भागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको छ । राष्ट्रिय जनावर एवं हिन्दु संस्कार अनुसार मान्दै आएको गौमाताको संरक्षणका लागि निर्माण भएको गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ महायज्ञ सञ्चालन भएको हो ।
फागुन २० गते सम्म सञ्चालन हुने यज्ञको दिप प्रज्वलन गरेर उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राष्ट्रिय जनावरको संरक्षण गर्नु गाईको संरक्षण गर्नु हाम्रो कर्तव्य रहेको बताउनु भएको छ । गाई हाम्रो राष्ट्रियता, सभ्यता र हाम्रो धर्महरु संग जोडिएकाले यसको रक्षा गर्नु आवश्यक रहेको बताउनु भएको छ । गाईको पुच्छर समातेर वैतरणी तरिन्छ भन्ने हाम्रो मान्यतालाई हामीले विर्सन नहुने बताउदै , ‘हामीले गरेको दान बाट कसैको मन खुशी हुन्छ भने त्यो भन्दा ठूलो दान केही हुँदैन । छोरी र गाई विनाको घर लक्ष्मी विहिन हुन्छ भन्नु भएको छ ।’ थापाले नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको बताउँदै गौशालाको व्यवस्थापनको लागि आवश्यक सहयोग गर्ने बताउनस भएको छ । उहाँले आगामी आर्थिक वर्षमा २५ लाख रकम नगरपालिकाको तर्फ बाट गौमाताको व्यवस्थापनका लागि विनियोजन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।


रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले विगतमा भौतिक पुर्वाधारको लागी यज्ञ सञ्चालन हुँदै आएकोमा यस पटक हुन लागेको यज्ञ आफैमा पृथक किसिमको भएको बताउनु भएको छ । उहाँले गाई बाट उत्पादनहुने हरेक चिजको मानवको लागि अति महत्वपूर्ण हुने भएकाले यसको संरक्षणको लागि जुट्न आग्रह समेत र्गनु भएको छ ।
धार्मिक अध्येता बाल व्यास, युवा पण्डित नारायण प्रसाद न्यौपानेले भगवान नारायण र गौमातालाई साथमा रहेर प्रवचन सुन्ने पुण्य अवसर मौका कमै मात्रामा मिल्ने बताउनु भएको छ ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोक कुमार आचार्य, रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकाल, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्ल, तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले बोल्दै महायज्ञ जगतको सृष्टि कर्ता गौमाताको संरक्षणका लागि हुने भएकाले नगरबासी मात्रै नभई सबै जना उत्सवको रुपमा सहभागी हुनु पर्ने बताउनु भएको छ । ५ करोड बढी दानसंकलन गर्ने लक्ष्य राखे यज्ञमा गंगा आरति, गौदान, व्रतवन्धको समेत व्यवस्था गरिएको मूल आयोजक समितिका संयोजक एवं रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनु भएको छ । यज्ञ उट्घाटनको अवसरमा विहान ११ बजे देखि शोभा कलश यात्रा निकालिएको थियो । यज्ञ स्थल बाट सुरु भएको कलश यात्रा बेझाँड बजार, किसानबारी, विजयपुर, तालपोखरा हुँदै यज्ञमा पुगेको थियो । गाईलाई अघि लगाएर सुरु गरिएको यात्रामा महिला समुह, क्लव, विद्यार्थी तथा श्रद्धालुहरुको सहभागीता रहेको थियो । श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतमा भएको कार्यक्रम उपाध्यक्ष थानेश्वर अधिकारीको स्वागत, उपाध्यक्ष पिताम्बर भण्डारीको धन्यवाद र सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो । यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायण प्रसाद न्यौपानेको मुखार विन्द बाट प्रवचन भैरहेको छ । वडा न छ ६ले ५लाख पच्पन्न हजार पाचँ सय पचास िदने िनणर्य गरेकाे छ । महायज्ञकाे पहिलाे िदनमै ३० लाख भन्दा बढि उढेकाे छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय