बन्दना पोखरेल (रामपुर पाल्पा) ११ फागुन
गौमाताको संरक्षण गर्न रामपुरमा आयोजना गरिएको महायज्ञ अन्तिम तयारी पुरा भएको छ । रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा गौमाता संरक्षण गर्न रामपुर नगरपालिकाको आयोजनामा श्रीमदभागवत नवाह ज्ञान महायज्ञ हुन लागेको हो । फागुन १२ देखि २० गतेसम्म संचालन हुने महायज्ञको तयारी अन्तिम भएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष एवम् वडाध्यक्ष हुमनाथ न्यौपानेले आज पत्रकार सम्मेलन मार्फत जानकारि दिनुभएको छ ।
गाई नेपालको राष्ट्रिय जनावर । हिन्दु धर्म अनुसार गौमाता र लक्ष्मीको प्रतिकको रुपमा लिईने गरिन्छ । हिन्दु संस्कार र आयुर्वेदमा गाईको गोबर, गौउत र दुध औषधी तथा नभई नहुने पवित्र वस्तु हुन् । तर तिनै राष्ट्रिय जनावर पछिल्लो समय हेलामा पर्दै गएका छन् । बजार क्षेत्रमा मात्र नभई गाउँटोलमा पाईने छाडागाईहरुले यहि संकेत गरेको देखिन्छ । पाल्पाको रामपुर नगरपालिकाले भने छाडा गाईहरुको व्यवस्थापनका लागि जिल्लामै पहिलो गौशाला निर्माण गरी सञ्चालनमा ल्याएको छ । केही वर्षदेखि नगरको वडा ६ तथा अन्य चौरहरुमा छाडा गाई बढ्न थालेपछि किसानले पाएको सास्ती र कुटाईबाट गाईले पाएको दुःखलाई नगरले गौशाला सञ्चालनमा ल्याएको हो । किसानहरु गाईले बाली खाईदिएपछि चिन्तित बनेका थिए । विशेषगरी रामपुर ६ को विजयपुर, गैटार, तालपोखरा, सातविसे, प्याकलुक क्षेत्रमा छाडागाईले सताउने गरेका थिए । यसकै व्यवस्थापनका लागि महायज्ञ सन्चालन गर्न लागिएको अध्यक्ष न्यौपानेले बताउनु भएकोछ ।
गाईको फाईदा धेरै भएकाले संरक्षण गर्नु आवश्यक रहेको बताउदै अहिले धेरै गाई ल्याउने छाड्ने गरिरहेको प्रति इङ्कित गर्दै यसको कार्यविधी नबन्धा सम्म बाहिर बाट गाई नल्याउन समेत आग्रह गर्नुभएको छ । गाई लक्ष्मीको प्रतिक भएकाले लक्ष्मी बिना सृष्टि अधुरो हुने भन्दै सुरु गर्नलागीएको महायज्ञमा सवैलाई सहयोग गरिदिनु हुन अनुरोध समेत गर्नुहुदै भोलिको उद्घाटनको तयारि अन्तिम भएको यसको लागि आवश्यक पर्ने सवेै काम पुरा भएको छ । मन्च व्यवस्थापन, पुजा मण्डप, पाण्डाल, गंगा आरतिको लागि टेन्ट, टिका प्रसादि वितरणको तयारि खानेपानि शौचालय, सुरक्षा व्यवस्थाका लागि सिसि टिभि जडान सरसफाई जस्ता सवै काम पुरा भएको बताउनु भएको छ । साथै न्यौपानेले गौशालाको दिगोपनको लागि यज्ञ सञ्चालन गर्न लागिएको र गाईको संरक्षणका लागि सहभागी हुन आग्रह समेत गर्नु भएकोछ । उहाँले उद्दघाटनका अवसरमा भोलि यज्ञ स्थल बाट सुरु भएको कलश यात्रा मिलन चोक, सैनिक क्याम , बेझाड हुदैँ किसानबारि विजयपुर तालपोखरा देखि यज्ञ स्थल सम्मको रुट तय गरिएको समेत बताउनु भएको छ ।
महायज्ञ संचालन समितिका उपाध्यक्ष पिताम्बर भण्डारिको स्वागत बाट सुरु भएको पत्रकार भेटघाट कार्यक्रममा स्थानिय संघ सस्था समन्वय समितिका सयाेंजक एवम् रामपुर उद्योग बाणिज्य सघंका अध्यक्ष भोजेन्द्र प्रकास ढकालले बोल्दै जुन उद्धेश्यले यो महायज्ञ सन्चालन हुन गएको छ त्यसको दिगोपनका लागि सवैले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।

गत साउन अघि स्थानीयहरुले आफ्नै पहलमा हेरचाह गर्दै आएका थिए । साउन पश्चात अस्थाई टहरामा निर्माण गरी वडा कार्यालय परिसरमा २ जना हेरालु राखेर व्यवस्थापन गर्दै आएको थियो । रामपुर ६ को तातोपानी धाममा १५ रोपनी कम्पाउण्ड संगै टहरा निर्माण सकिएपछि गौशाला सञ्चालनमा आएको हो । टहरामा शिवरात्रीको अवसरमा गाई राख्न सुरु गरिएको छ । गाईले दुःख पाइरहेको अवस्थामा नगर सरकारले गौशाला सञ्चालनमा ल्याएपछि स्थानीयहरु पनि खुशी भएका छन् । रामपुर ६ का शंकर आचार्यले गाईहरुको व्यवस्थान भएकोमा खुशी लागेको बताउनु भएको छ । उहाँले भन्नु भयो , ‘गौशाला नहुँदा रातभरी बाली कुर्नु पर्ने बाध्यता थियो । संगै चुटाई खाएर गाईहरु पनि रक्ताम्य भएको देखिन्थ्यो ।
गौशाला निर्माणका लागि गत वर्षको नगरपालिकाको २० लाख बजेटले कम्पाउण्ड गरिएको र यस वर्षको २० लाख मध्ये निर्माणको लागि छुट्याईएको १५ लाखले टहरा निर्माणको काम भएको र ५ लाख व्यवस्थापनका लागि छुट्याईएको छ । गौशालामा हाल १ सय बढी गाईहरु रहेका छन् । गाईलाई गौशालासम्म लैजना रामपुर क्षेत्रका राजनैतिक दल, बुद्धिजिवी, एवं श्राद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन वडा सचिव बासुदेव ढकालले गर्नु भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय