बन्दना पोखरेल रामपुर पाल्पा
फाल्गुण १०
नेपाल राष्ट्रिय शिक्षक सगंठन रामपुरको दोस्रो अधिबेशन सम्पन्न भएको छ । राम्चेको सभा हलमा भएको कार्यक्रममा रामपुर नगरपालिका भित्रका नेपाल राष्ट्रिय शिक्षक सगंठनमा आबद्ध शिक्षकहरुको उपस्थितिमा भएको हो । अधिबेशमा नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश न ५ का अध्यक्ष विष्णु प्रसाद पोखरेल रहनु भएको हो । उहाँले बोल्दै शिक्षक समाजको ऐना हो समाज परिर्वतन गर्न सक्ने सामर्थ शिक्षकमा मात्र हुन्छ तर शिक्षक कहिल्यै र्पुवाग्रहि बन्नु हुदैन भन्दै राजनितिक रुपमा जसको जहाँ आस्था रहेपनि विद्यालय भित्र कहिल्यै त्यस्तो व्यवहार गर्न नहुने बताउनु भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सगंठनका नगर कमिटि उपाध्यक्ष सोम बहादुर सेनको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रदेश न ५ प्रदेश सभा सदस्य युवराज खनालले कार्यक्रमलाई संबोधन गर्दै राज्य शिक्षाको बिषयमा सबेंदनशील रहेको बताउदै शिक्षक पेशालाई मर्यादित बनाउन सवैलाई आग्रह र्गनु भएको छ । हरेक क्रान्ति र परिर्वतन शिक्षकको चेतनाका कारण भएको बताउदै शिक्षक पेशा प्रति वफादार भई मर्यादीत बनाउन आग्रह समेत र्गनु भएको छ । एक फरक प्रसंगमा बोल्दै अहिले सरकारलाई असफल बनाउन चौतर्फी देशी तथा विदेशी शक्ति लागीरहेका बेला सरकारका राम्रा कामको मुल्याङ्गक गर्दै निराश नहुन समेत सुझाउनु भएकोछ । प्रदेश सरकारले अहिले कमजोर बिद्यार्थिलाई विभिन्न बिषयका कोचिङ्ग कक्षा सन्चालनका लागी र प्रत्येक पालिकामा एक प्राविधिकि शिक्षालयको समेत व्यवस्थागरेको भन्दै सरकार शैक्षिक गुणस्तर बृद्धि र्गन प्रयत्नशिल रहेको वताउनु भएको छ । त्यस्तै गरि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष रामप्रसाद ढकाल, नेपाल कम्युनिष्ट पार्टि ९नेकपा० रामपुर नगर अध्यक्ष कमलराज भट्टराई लगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त र्गनु भएको छ ।
सगंगठनका रामपुर नगर अध्यक्ष सुनिल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सेवा आयोग पास गरि नयाँ आउनु भएका १४ शिक्षकहरुलाई बधाई तथा सम्मान गरिएको छ भने पुराना शिक्षक जसले अवकास लिनु भएको छ उहाँहरु हरि प्रसाद घिमिरे र त्रिविक्रम खनाललाई सम्मान गरिएको छ । अधिबेशनबाट सागर प्रसाद भण्डारिको अध्यक्षतामा २३ सदस्सीय नयाँ कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा सोम बहादुर सेन,महिला उपाध्यक्ष रस्मिता घिमीरे, सचिव राम भक्त पराजुलि, सह सचिव बिष्णु मायाँ खनाल, कोषाध्यक्ष तारा सेढाई र सह कोषाध्यक्ष मिना ढुङ्गाना रहनुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय