बन्दना पोखरेल

पाल्पा रामपुर ९ फागुन

 पूर्वखोला गाँउपालिकामा अब गर्भवती महिलाले क्याल्सियम चक्की किन्नु नपर्ने भएको छ । फाल्गुण ७ गते विरकोट स्वास्थ्य चौकिमा एक कार्यक्रमका विच गाँउपालिकाले स्वास्थ्य चौकीमा गर्भपरीक्षण गर्न आउने महिलालाई क्याल्सियम निशुल्क उपलव्ध गराउन शुरु गरेको हो । यसअघि स्वास्थ्य चौकीबाट गर्भवतीले आइरन चक्की मात्रै निशुल्क पाउने गर्दथे । गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले विहीबार बीरकोट स्वास्थ्य चौकीमा गर्भपरीक्षण गर्न आएकी रिता थापालाई निशुल्क रुपमा चक्की वितरण गर्दै यो कार्यको शुभारम्भ गर्नुभएकोछ ।

गाँउपालिकाका स्वास्थ्य प्रमुख मोहन ढकालले स्वास्थ्य चौकीमा दोस्रो पटक गर्भ परीक्षण गर्न आउने महिलालाई क्याल्सियम चक्की निशुल्क उपलव्ध गराइने बताउनु भएको छ  । ‘यो प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी गाँउपालिका हो । यसलाई निरन्तरता र आमा र शिशुको पोषणस्थितिमा सुधार ल्याउन को लागि पनि हामीले नयाँ नयाँ सुविधा थपेका हौँ,’ उहाँले भन्नुभयो ।

गर्भ रहेको चौथो महिनामा पुग्दा पहिलो पटक र छैटौँ महिना पुगेपछि दोस्रो पटक गर्भजाँच गर्नुपर्ने हुन्छ । दोस्रो पटक गर्भपरीक्षण गर्न आउने महिलालाई सुत्केरी नहुँदासम्म निशुल्क क्याल्सियम दिइने ढकालले बताउनु भयो । गाँउपालिकामा चालु आर्थिक बर्षको पुस मसान्तसम्म ७२ जना सुत्केरी भईसकेका छन् । अहिले गाँउपालिकामा १३१ जना महिला गर्भवती छन् । यो अघि गर्भवति महिलालाई तिन महिना देखि निशुल्क आईरन निशुल्क वितरण गरिएकोमा यो क्याल्सियम सुरु गरे पछि महिलाहरु खुशि भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय