फाल्गुण ०७
बन्दना पाेखरेल रामपुर पाल्पा
निस्दी ५ बेलडाडाबाट हिडेर आउनु भएकी १०० बर्षीया भुमीसरा लुङ्गेलिले राज्यले गरेको कामको प्रसंसा गर्दै आफूलाई दिएको न्यानो कपडा आफै ओड्ने भन्दै खुसि व्यक्त र्गनु भयो । मुख्य मन्त्रि ग्रामीण विकास कार्यक्रम अन्तरगर्त निस्दि गाउँपालिकामा अति विपन्न गरिव ७५ बर्षमाथिका जेष्ठ नागरिकका लागि न्यानो कपडा वितरण गरिएको छ । सोहि अवसरमा उहाँले आफ्नो खुसि व्यक्त गर्नु भएको हो । उहाँ जस्ता २सय ५ जनालाई मुख्य मन्त्रि ग्रामीण विकास कार्यक्रम अन्तरगर्त पाल्पा जिल्लाको निस्दी गाउँपालिका अति विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । निस्दी गाउँपालिका वडा न ४ र ७ को भिरपानि र सिन्दुरेलाई विषेश क्षेत्रका रुपमा राखे पनि निस्दी गाउँपालिकाले सात वटै वडामा न्यानो कपडा वितरण गरेको छ । आफूलाई दिएको न्यानो कपडा आफै प्रयोग गर्ने कुमारि सोति ८९ बर्षीया खुशि हुदै बताउनु भयो । राज्यले आफूहरुलाई सम्मान गरेकोमा धन्यबाद समेत दिन भ्यानु भयो ।
निस्दी गाउँपालिका भरिका २सय ५ जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरीएको गाउपालिकाका उपाध्यक्ष एवम् मुख्य मन्त्रि ग्रामिण विकास कार्यक्रमका सदस्य रिता कुमारि अर्यालले जानकारि दिनुभएको छ । उहाँले बोल्दै आमाको माया बाबाको छायाँविना जिबन असम्भव हुने र अहिले बृद्ध आमा बाबालाई गाउँमा छाडेर शहर पस्ने प्रबृद्धि बढेको बेला यस्ता कार्यक्रमले जेष्ठ नागरिकलाई राहत हुने बताउनु भएको छ । जेष्ठ नागरिक हाम्रा मार्गदर्शक रहेको बताउदै स्थानीय सरकारले जेष्ठ नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम ल्याएको समेत बताउनुभयो । जेष्ठ नागरिकहरुको स्वास्थ्यलाई ध्यान दिई यस्ता कार्यक्रम सन्चालन गरेकोले खानपिनमा समेत ध्यान दिन सुझाव दिनुभएको थियो ।
प्रदेश ५ को सरकारले मानव विकास सूचकाङ्कमा पछाडि परेका प्रदेशका सवै गाउँपालिका तहमा गरिबी हटाउने उद्देश्यले विशेष कार्यक्रम सञ्चालामा ल्याएको हो ।
सङ्घीय सरकारको सिको गर्दै आएको यो कार्यक्रममा प्रत्येक गाउँपालिकालाई ५२ लाख विनियोजन गरेको छ । यस कार्यक्रमले जनताको जीवनस्तर उकास्ने जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्य राखेको छ । आर्यआर्जन वृद्धिका लागि पहिले सीप दिनुपर्ने र अन्य आवश्यकताका आधारमा कार्यक्रम तय गर्दा ५ नम्बर प्रदेशको गरिबी कम गर्न सकिने साथै अझ यहाँ पिछडिएका जनताको लागि सीप, शिक्षा, स्वास्थ्य र सहरको पहुँच बढाउने घोषित कार्यक्रम अन्तरगत निस्दी गाउँपालिकामा पनि यो कार्यक्रम लागु गरिएको हो ।
गरिबी निवारणसम्बन्धी कार्यक्रम र मुख्यमन्त्रीको गरिबी कार्यक्रमलाई सहकार्य गरेर आगाडि जाने योजना रहेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भएको छ । यो गाउँपालिका जनजातिको बाहुल्यता भएकाले गरिबी उन्मूलनका लागि आर्यआर्जनका लागि सीपमूलक तालिम र रोजगारीका लागि ससाना उद्योग स्थापना गर्न प्रदेश सरकारले सहयोग गनुपर्ने माग उहाँको रहेकोछ ।महिला तथा दलित आदिवासीको आर्थिक क्षेत्रमा विशेष पहँुच पुर्याउन शिक्षा महत्वपूर्ण भएकाले विषेश ध्यान दिन गाउँपालिका र प्रदेशले मिलेर कार्यक्रम ल्याउनुपर्ने बताउनु भएको छ ।कुराकानिका क्रममा उहाँले यहाँ मूलतः युवा तथा महिलालाई तालिमको र अलि केही गर्न चाहिनेहरूको ससाना कुटिर उद्योग स्थापना गर्न सहयोग गर्ने खालका मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमा रहनुपर्ने समेत सुझाउनु भएको छ ।
यस गाउँपालिकामा चालु आर्थिक बर्षमा चालु गत खर्च तर्फ ३८ लाख, पुजिँगत खर्च तर्फ १२ लाख र कार्यलय व्यवस्थापनका लागि २ लाख गरि ५२ लाख खर्च गर्ने भएको छ । अति बिपन्न गरिव, एकल महिला , अपाङ्गता भएका व्याक्तिलाई लक्षित गरि निस्दी गाउँपालिकाले कार्यक्रम अगाडि बढाएको छ । जसमा शिक्षा स्वास्थ्य रोजगार आयआर्जन क्षमता विकास जस्ता कार्यक्रमलाई समेटेको मुख्य मन्त्रि ग्रामीण विकास कार्यक्रमका सदस्य एवम् निस्दी गाउँपालिका उपाध्यक्ष रिता अर्यालले जानकारि दिनुभएको छ । गाउँपालिकामा सवै भन्दा पिछडिएको जनताको शिक्षा र स्वास्थ्यको पहुँचमा पुर्याउनको लागि यो कार्यक्रम प्रभाबकारि रहेको बताउनुभएको छ ।
कार्यक्रमका विषयमा कार्यक्रम सयाेंजक पुष्पा कुवरका अनुसार शिक्षा तर्फ ४लाख २० , स्वास्थ्य तर्फ ६ लाख २५ हजार, क्षमता विकास तथा रोजगारीका लागि ९लाख, अपाङ्गता भएकालाई सहयोगी सामाग्री वितरणका लागिल २ लाख ५० हजार, गरि विभिन्न क्षेत्रमा बजेट छुट्टाएको छ ।