बन्दना पोखरेल
फाल्गुण ५
पाल्पा रामपुर ।
नेपाल भ्रमण बर्ष मनाइरहदा रामपुर क्षेत्रमा धेरै पर्यटक भि¥याएर समृद्धि बढाउने उद्देश्यले तालपोखराले पर्यटनका गतिविधिलाई बढाउदै लगेको छ ।
कालीगण्डकी उपत्यकामा पुग्ने र मिनी फेवातालको रुपमा तालपोखरा क्षेत्र हेर्न र डुङ्गामा शयर गर्न कै लागि बुटवल पोखरा, काठमाडौंबाट विभिन्न टोली बनेर तालपोखरा पुग्ने गर्दछन् । तालपोखराको अलवा पार्क, पिकनिक पार्क सहितका रमणीय भाग र पछिल्लो समय खाजा नास्ताको लागि मौलिकता सँग जोडिएको कटेजको विकासले गर्दा तालपोखरा क्षेत्रमा चहलपहल बढ्दो छ ।

पर्यटकीय तथा धार्मिक तिर्थस्थल बनेको रामपुरको तालपोखरामा तालपोखरा संरक्षण समितिले प्रत्येक बर्ष शिवरात्रीमा मेला लगाउदै आएको छ । फागुन ९ गते शिवरात्री मेलाको अबसर पारेर आगामी फागुन ८ गते खुल्ला डुङ्गा दौैड प्रतियोगिता गर्ने तयारी गरेको तालपोखरा संरक्षण विकास समितिले जनाएको छ ।
नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यमा पर्न सफल तालपोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्¥याउने उद्देश्यले आयोजना गरिएको डुङ्गा दौड प्रतियोगितामा गत बर्ष भन्दा यसबर्ष अझधेरै जोडीले भाग लिने आंकलन समितिको छ । प्रतियोगिताका सहभागी १ जोडीले काठको डुङ्गा प्रयोग गर्नेछन् । गतबर्ष प्लाष्ट्रिकको ¥याफ्टिङ बोट प्रयोग गरिएपनि यसबर्ष अझ यसलाई मौलिकता दिन नेपालका नदी नालामा चलाइएका डुङ्गा प्रयोगलाई महत्व दिइएको समितिका सचिव सुनिल देवकोटाले बताउनुभयो ।
मानब निर्मीत कृतिम तालको विकास गरि आकर्षण बढाउन यसबर्ष पनि डुङ्गा दौड प्रतियोगितालाई निरन्तरता दिएको समितिका अध्यक्ष सागर प्रसाद देवकोटाले बताउनुभयो । युवाहरुको सक्रियता र सहभागिता बढ्ने र फरकपनि ल्याउने अभिप्रायले प्रतियोगिता राखेको उहाँको भनाई छ । झण्डै ४५ रोपनी क्षेत्रफलमा फैलिएको तालको बिचमा जलेश्वर शिव भगवानको मन्दिर छ । प्रतियोगितामा भाग लिने समुहले त्यही मन्दिरको भागलाई परिक्रमा गर्नुपर्नेछ ।
यसबर्षको डुङ्गा दौड प्रतियोगिताका बिजेता प्रथम हुनेले ७ हजार, द्धितियले ५ हजार र तृृतीयले ३ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक बर्ष शिबरात्री मेलाको रुपमा तालपोखरालाई विकास गर्ने लक्ष्य लिएर फागुन ७ देखि ९ गतेसम्म मेलाको आयोजना गरेका हो । मेलामा डुङ्गा दौड प्रतियोगिताका साथै भजनकृतन, पुजापाठ तथा विविध सांस्कृतिक कार्यक्रम गरिनेछ । यसको तयारी झण्डै अन्तिम चरणमा पुगेको अध्यक्ष देवकोटाले बताउनुभयो । तालपोखराको विकासका लागि रामपुर नगरपालिका र पर्यटन बोर्डले लाखौं रकम सहयोग गरेका छन् ।
सरकारले पर्यटकीय गन्तव्यको रकम सहित नेपाल पर्यटन बोर्ड र नगरपालिकाले संरचना निर्माणमा बर्षे्नि लाखौं रकम सहयोग गरेपछि स्थानीयले तालपोखराको विकास र व्यवस्थापनमा जुटेका हुन ।
कालीगण्डकी क्षेत्रकै आकर्षक गहना बन्न सफल भएको तालपोखरा । बर्खायाममा पानी जम्ने भागलाई २०६६ सालमा महायज्ञ गरि तालपोखराको रुपमा विकास थालिएको थियो । जहाँ साढे २ करोड रकम संङ्कलन भएको थियो ।
सोही समयदेखि तालपोखराको संरचना शुरु भएपनि केही संरचना निर्माण सकिएसँगै ३ बर्षयता देखि पुजाआजा र डुङ्गा सञ्चालन हुदै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय