धनबहादुर ठाडा । मित्याल,पाल्पा

निस्दीको शान, सुखी सम्वृद्ध निस्दी हाम्रो अभियान भन्ने मुल नाराका साथ प्रथम निस्दी महोत्सव २०७६ हुने भएको छ ।

परिवर्तनको लागि युवा निस्दी ४ मित्यालको आयोजना तथा निस्दी गाउँपालिका पाल्पाको सह आयोजनामा आगामी फागुन १५,१६ र १७ गते महोत्सव हुने मुल आयोजक समितिका अध्यक्ष रोमन गाहाले जानकारी दिए ।

मित्यालको झ्यालटुङ खेल मैदानमा हुने प्रथम निस्दी महोत्सवमा निस्दी गाउँपालिका भित्र रहेका सातै वडाको झाँकी नाच पर्दशनी,निस्दीका पर्यटकिय स्थलहरुको परिर्दशन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति , साँस्कृतिक कार्यक्रम, मगरी खानाको विभिन्न परिकारहरु मासको बारा,सेल,लोकल कुखुरा,बँगुरको छोइला, कोदाका परिकाहरु रहने आयोजक समितीका सह संयोजक पुनाराम सुनारी मगरले बताए ।

निस्दी गाउँपालिका मगर सँस्कृतिको धरोहर र सभावना बोकेका पर्यटकिय स्थलहरु रहेका कारण यसको प्रचार प्रसारका निम्ती र निस्दी अन्य गाउँपालिका भन्दा पृथक रहेको जानकारी दिन महोत्सव आयोजना गर्न लागिएको सल्लाहाकार कुशल अर्यालले जानकारी दिए ।

महोत्सवले नेपाल पर्यटन वर्ष २०२० लाई टेवा पुर्याउनुका साथै निस्दीको पर्यटन प्रवर्द्धन, मगर जातिको झाँकी नाच संरक्षण तथा प्रचारप्रसार हुने आयोजकले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय