राष्ट्रिय लोक तथा दोहरि गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष नेकपा कम्युनिष्ट पार्टि नेकपाका संगठित सदस्य बद्रि पगेंनी र रविन्द्र पगेंनिका पिता स्व. बोधराज पंगेनिको ११औ दिनको पुन्य तिथीमा आज नेकपा नगर कमिटिले शोक सभा गरेको छ । नेपालमा कम्युनिष्ट आन्दोलनका एक योध्दा गुमाउनुको पीडा सम्पुर्णमा परेको भन्दै उहाँको सपना सर्वहारा बर्गको मुक्ती र सुखि नेपालि समृद्ध नेपाल निर्माण गरेर पुरा हुने यसको बाटोमा अहिले सरकार लागि रहेको नेकपा केन्द्रिय कमिटि सदस्य प्रदेश न ५ का सह इन्चार्ज पाल्पा क्षेत्र न १ का संिघय साम्सद दल बहादुर रानाले बताउनु भएको छ । शोक सभाका मुख्य पाहुना समेत रहनु भएका रानाले स्वर्गीय बोधराज पंगेनीले हरेक पटक सोधिरहेने विषय रामपुर प्याकलुकको पुल र बाटो रहेको बताउदै उहाँको सपना पुरा र्गने गरि सरकार अघि बढ्ने बताउनु भएको छ ।
शोक सभामा स्व बोधराज पगेंनिको बारेमा नेकपाका नेता उहाँका सहपाठि बिनोद पोखरेलले बोल्दै किसान आन्दोलनका लागि र तत्कालिन पन्च विरोधि अभियानमा लागि रहने दलित उत्पीडित समुहको मुक्तीको लागि सघंषरत रहनु भएको उहाँ अन्तिम समय सम्म पनि कम्युनिष्ट र यसको कार्यका बारेमा चिन्तनरत रहेको बताउनु भएको थियो । नगर कमिटि अध्यक्ष कमलराज भट्टराईको अध्यक्षतामा भएको शाेक सभाकाे सन्चालन सचिव दामोदर पाठकले गर्नु भएकाे हाे । नेकपाका नेता कार्यकर्ता शुभ चिन्तकहरुको उपस्थितिमा शोक सभा भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय