धनबहादुर ठाडा ,
पाल्पा , माघ २६ पाल्पा , निस्दी गाउँपालिका बेलडाँडा मित्याल अरुणखोला मोटरबाटो फाराकिलो बन्दैछ।

निस्दी(५, गल्धाको बेलडाँडादेखि मित्याल सम्मको १४ किलोमिटर मोटरबाटो फरकिलो पर्ने कार्य धमाधम भइरहेको छ। केन्द्र सरकारको २ करोड र ५ नम्बर प्रदेश सरकारको २ करोड ५० लाख गरि कुल ४ करोड ५० लाखको लागतमा बाटो स्तरउन्नति भइरहेको बेलडाँडा मित्याल अरुणखोला मोटरबाटो समितिका अध्यक्ष सन्तविर सुनारीले बताउनुभयो ।

बेलडाँडादेखी ढुंगानावेशी सम्म ५ किलोमिटरको लागि केन्द्र सरकारबाट २ करोड र ढुंगानावेशीदेखी मित्याल सम्म ९ किलोमिटरको लागि प्रदेश सरकारबाट २ करोड ५० लाखको लागतमा बाटो निर्माण भइरहेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।

अहिले ८ मिटर चौडाको बाटो फरकिलो र नाली निर्माण गर्ने कार्य भइरहेकोमा लगत्तै कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय पाल्पाक सूचना अधिकारी इन्जिनियर सौजन्य नेपालले जानकारी दिनुभएको छ।

बाटो निर्माण गर्ने कार्य फरक ( फरक २ वटा कन्ट्रकशन प्रालिले गरेको छ। निस्दी गाउँपालिका भित्रीने मुल सडकको रूपमा रहेको यस बाटोको स्तरउन्नति भए पछि यहाँका स्थानीयले धेरै सुबिधा पाउने देखिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय