परेवा खबर संवाददाता


काठमाडौँ ३ माघ । नेपाली चलचित्र मारांङ को एक कार्यक्रम विच पोष्टर सार्वजनिक गरिएको छ ।
तुल,रुपा सारु मगरको निर्माण र बुद्धया सुनारी मगरको निर्देशनमा निर्माण नेपाली साँस्कृतिक चलचित्र मारांङको पोष्टर सार्वजनिक गरिएको हो । चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको पुर्वसन्ध्यामा पोष्टर सार्वजनिक गरिएको चलचित्र निर्माण युनिटले जानकारी दिएको छ ।


विशेष गरी नेपाली समुदायको ग्रामिण क्षेत्रमा रहेको संस्कृतिको जगेर्ना गर्नु पर्छ भन्ने सन्देश यस चलचित्रले दिन खोजेको छ ।
पछिल्लो समयमा पश्चिमेली संस्कृतिको प्रभावका कारण आफ्नो मौलिक कला संस्कृति रीतीरिवाज संस्कार हराउँदै गएको र भावी पिँढीलाई त्यसको महत्व र संरक्षण सवंवद्र्धन,गर्न पर्ने सन्देश दिने खालको कथाबस्तु समावेस गरिएको छ ।


चलचित्रको कथा वस्तुलाई पाल्पा जिल्लाको पुर्वि भेगमा अवस्थित निस्दी गाउँपालिका सेरोफेरोमा रहेको स्थानिय समाजको वास्तविकता झल्कने गरी छायाँकन गरिएको छ ।


वर्तमान समयमा विदेशी संस्कृतिले प्रभाव जमाईराखेको अवस्थामा,युवापुस्ताहरुमा आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नु पर्ने र मौलिक संस्कार रितिरीवाजलाई जोगाई राख्नु पर्ने उदेश्यका साथ कथावस्तु निर्माण गरिएको निर्देशक तथा लेखक बुद्धया सुनारी मगरले बताउनु भयो ।


बलिउडका राष्ट्रिय अवार्ड विजेताद्धारा छायाँकन
साँस्कृतिक चलचित्र माराङको छायाँकनका निम्ती बलिउड क्षेत्रमा राष्ट्रिय अवार्ड विजेता तथा अमिता बच्चनको भुतनाथ,टयाक्सी टोबा टेक सिङ, जस्ता चर्चित फिल्म छायाँकन गरिसकेका रक्तिम मण्डलले छायाँकन गरेका छन् । मण्डल यही चलचित्र छायाँकनका निम्ती करिब २ महिना नेपालमा रहेका थिए ।।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय