परेवाखबर संवाददाता
पुष,२७ काठमाडौँ ।
पाल्पा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिकसाधारणसभा सम्पन्न भएको छ ।
कृष्ण बहादुर थापाको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी पुर्व सहसचिव रुद्रनाथ बस्याल रहनु भएको थियो ।
संस्थाको ११ औँ साधारसभाले पिताम्बर बस्यालको अध्यक्षतामा नौ सदस्यि कार्यसमिती पनि चयन गरेको छ । जसको उपाध्यक्षमा सिता विष्ट कार्की, सचिवमा भुपेन्द्र ज्ञवाली,कोषाध्यक्षमा दधिराम पोखरेल (डि.आर)चयन हुनुभएको छ भने सदस्यहरुमा कल्पना पछाई,देवेन्द्र नेपाल,राजिव न्यौपाने,मिरा शर्मा र श्रीधर आचार्य चयन हुनुभएको छ ।
त्यस्तै गरी विद्या पाण्डेको संयोजकत्वमा असोक राना सदस्य रहेको दुई सदस्यि लेखा समिती पनि चयन गरेको छ ।
संस्थाको ११ औँ साधरणसभामा अतिथीहरु ठानेश्वर बस्याल,हिरा नेपाल,पदम न्यौपाने,हरीप्रसाद भट्टराई,घनश्याम न्यौपाने,संस्थाका पदाधिकारीहरु,सेयर सदस्यहरु र बचतकर्ताहरु लगाएतको उपस्थिति रहेको थियो ।