२४ पुस, काठमाडौं । विभिन्न प्रदेश अन्तर्गत रहेका लोक सेवा कार्यालयले १२ सय नायब सुब्बाको पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको छ ।

आजको गोरखापत्रमा सूचना प्रकाशन गरि रा.प.अनं. प्रथम श्रेणी नायाब सुब्बा पदपुर्तिको दरखास्त खोलेको हो ।

लोक सेवा कार्यालयहरुले पदपूर्तिका लागि गरेको दरखास्त आह्वानमा जेष्ठता र कार्य सम्पादन मूल्याङ्कनबाट ४ सय ३६ पदपूर्ति गरिने, कार्य क्षमता मूल्याङ्कनबाट २ सय २० पदपूर्ति गरिने र खुल्ला प्रतियोगिता मार्फत ५ सय ५८ गरी कुल १२ सय १४ परपूर्ति गरिने सूचनामा उल्लेख गरिएको छ ।

जसमध्ये ४ सय कर्मचारी न्याय सेवाको लागि माग गरिएको छ । जसमा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट १ सय ५७ पद, कार्य क्षमता मूल्याङ्कनबाट ७८ पद र खुल्ला प्रतियोगिता मार्फत १६५ पदपूर्ति गर्ने सूचनामा उल्लेख छ । यो कूल विज्ञापन संख्याको झण्डै ३३ प्रतिशत हो ।

त्यस्तै, नायब सुब्बा पदको पाठ्यक्रम समेत संशोधन भएको छ । साविक ऐच्छिक विषयको रुपमा राखिएको विषय हटाएर सेवा सम्बन्धी विषय समावेश गरी सेवा समूह अनुसार छुट्टा छुट्टै सेवा सम्बन्धी विषय समावेश गरेको छ । जस अनुसार लेखा तथा लेखा परिक्षण समूहमा प्रतिर्पर्धाको लागि व्यापार वाणिज्य तथा व्यवस्थापन वा गणित विषय लिई प्रविणता प्रमाणपत्र तह पास गरेको हुनु पर्नेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय