पुष १७ काठमाडौं । चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको छ । सरुवा भएको १३ दिन बितिस्कदा पनि सरुवा भएर नगएपछि एसपी मल्लाई प्रदेश प्रहरी कार्यालयले निर्देशन दिएको हो ।

कार्यालयले एसपी मल्ललाई गोप्य सर्कुलर पत्र दिएको थियो । तर एसपी मल्लले नै सुरक्षाकर्मीहरुको सामूहिक सामाजिक सञ्जाल ग्रुपमा उक्त पत्र हालेपछि सो विषय बाहिरिएको हो ।

उक्त पत्रमा डीएसपीलाई चार्ज बुझाएर तत्काल त्यसको जानकारी मातहतलाई गराउन उल्लेख गरिएको छ । प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपी मल्लसहित २४ एसपीको सरूवा गरेको थियो। चितवनमा एसपी गंगा पन्तलाई सरूवा गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय