काठमाडौँ,२२ साउन । समाजसेवी तथा व्यवसायी सिके पराजुलीले आफ्नी आमाको सम्झनामा एम्बुलेन्स सञ्चालनका निम्ती रु. ७० हजार सहयोग प्रदान गर्नु भएको छ ।

हाल अमेरीकाको एटलान्टा सहरमा बसोबास गर्दै आउनुभएको पराजुलीले आफ्नी दिवंगत आमाको नाममा एक ट्रस्ट स्थापना गरी उक्त सहयोग रकम फेवा युवा क्लबलाई हस्तान्तरण गर्नु भएको हो । फेवा युवा क्लबले कास्की जिल्लाको चापाकोट कास्कीकोट, भदौरे तमागी सराङकोट पुम्दी भुम्दी र ढिकुरपोखरा लेक साइड हुँदै घाटिछिदा रुटमा त्यस क्षेत्रका विरामीहरुलाई सहयोग होस भन्ने हेतुले सञ्चालन गर्न लागेको आकस्मिक सेवा एम्बुलेन्स सर्भिसको निम्ती मेनका देवी फाउन्डेसनबाट उक्त रकम हस्तान्तरण गरिएको हो ।उक्त सहयोग रकम हस्तान्तरण गर्दै मेनकादेवी फाउण्डेशनका संस्थापक तथा प्रमुख सिके पराजुलीले एम्बुलेन्स सञ्चालन गरेर आफुहरुको सानो सहयोगले विरामीहरुको अकाल मृत्यु हुन बाट बचाउन सकिन्छ भने त्यो भन्दा ठुुलो खुशी अरु केही हुन नसक्ने बताउनु भयो । साथै उहाँले दुख पिडामा परेकाहरुलाई सहयोग गर्न पाउँदा आफुलाई आनन्द र खुशी महशुस हुने कुरा व्यक्त गर्नु भयो ।

पराजुलीको यो पहिलो सहयोग भने होइन उनले देशका विभिन्न ग्रामिण भेगमा शिक्षा,स्वास्थ्य जस्ता आधारभुत कुराहरुबाट बञ्चित रहेका बालबालिकाहरुलाई आफ्नै व्यक्तिगत पहलमार्फत सेवा गरिरहेका छन्। सयौँ बालबालिकाहरु सिके पराजुलीको प्रेरक छात्रवृतिमार्फत उज्यालो शिक्षा लिरहेका छन् भने सयौँले स्वाथ्य उपचार लिइरहेका छन धनको मात्र धनी नभएर मनको पनि धनी पराजुली सहाराविहिन तथा आर्थिक अवस्था कम्जोर भएका बालबालिकाहरुको लागि भगवानको अवतारकै रुपमा चिनिएका छन् ।

फाउण्डेसनका संस्थापक तथा प्रमुख समेत रहेका सिके पराजुली र फाउण्डेशनका कार्यकारी प्रमुख (नाती ठुल्दाइ सूर्य पराजुलीको सक्रियतामा आफ्नो जन्म स्थानमा सबैलाई सहयोग पु¥याउने हेतुले अति आवश्यक एम्बुलेन्स सेवामा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै उहाँहरुले आगामी दिनमा आफुहरुले सकेको सबै कार्यमा सहयोग गर्न कुनै कन्जुसाई नगर्ने बताउनु भयो ।

समाजसेवीको रुपमा परिचित सिके पराजुली अमेरीकामा Nepalese Association of Georgia (NAG) कोFounder तथा पुर्व अध्यक्ष गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद अमेरीका(-NRNA NCC-USA अन्र्तगत नेपाली व्यापार तथा पर्यटन प्रबद्र्धन समितिको सह अध्यक्ष र NAG, NASEA, ANAका सल्लाहकार समेत रहनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय