बन्दना पोखरेल रामपुर (पाल्पा), १६ पुस

पाल्पाको रामपुर नगरपालिका ७ स्थित आधारभुत माविको नवनिर्मित चारकोठे पक्की भवनको उद्घाटन गर्दै मन्त्री बरालले शैक्षिक गुणस्तर बृद्धि गर्न सकेमा मात्र देश समृद्ध बन्ने बताउँदै शिक्षक, विद्यार्थी र अभिभावक त्रिपत्रिक्ष एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
शैक्षिक गुणस्तर बृद्धिका लागि आफु र प्रदेश सरकार हरपल लागेको बताउँदै मन्त्री बरालले प्रदेश सरकारबाट शिक्षा, स्वास्थ्य र रोजगारका लागि प्रदेश सरकारको क्षमताले भ्यासम्म यथोचित सहयोग सहयोग गर्ने बताउनुभयो ।
विद्यालयको भुकम्पका बेला भत्कीएको भबन भुकम्प पुनः निर्माण प्राधिकरणको आर्थिक सहयोगमा ४ कोठे पक्की भबन सम्पन्न भएको छ । सम्पन्न भएको भवनको उद्घाटन गर्दै मन्त्री बरालले जनस्तरबाट भएको मेहनतले समाज रुपान्तरणमा सहयोग पुगेको भन्दै प्राविधिक शिक्षाका लागि सवैले जोड दिनु पर्ने साथै प्राविधिक शिक्षा सन्चालन भएका सवै विद्यालयलाई सहयोग गर्ने गरि प्रदेश सरकार अगाडि बढेको बताउनु भएको छ । शिक्षा स्वास्थ्य रोजगार र पर्यटन विकासको पुर्बाधार भएकोले आफ्नै घर बाट नजिकको विद्यालयमा आफ्नै घरको गुन्द्रुक र ढीडो खाएर जान सकिने ठाउँमा हुनु पर्ने यसको लागि प्रदेश सरकारले योजना अगाडि बढाईरहेको छ साथै प्रदेश सरकारको विभिन्न योजना मध्य प्रत्येक पालिकामा १५ सैयाको हस्पीटल हुने योजनाका साथ अगाडि बढिरहेको छ ।
विद्यालयका प्रअ रुपानाथ गौतमले विद्यालय निर्माणका बेला लागेको ६९ लाख २६ हजार १सय ७६ बराबरको आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । ४सय ५१ जना विद्यार्थी रहेको यस विद्यालयमा ९ कक्षा देखि १२ कक्षा सम्म पशु विज्ञान सन्चालन रहेको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यन्वयन ईकाई (शिक्षा) काठमाण्डौ मार्फत जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा) पाल्पाको सहयोगमा भबन निर्माण भएको हो ।
विद्यालय व्यवस्थापन समितिको सदस्य मिठूमायाँ सुनारको स्वागत बाट भएको कार्यक्रममा प्रदेश सभा सदस्य युवराज खनाल, नगर प्रमुख रमण बहादुर थापा, पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन इकाई (शिक्षा) पाल्पाका संयोजक लक्ष्मण देवकोटा, नेकपा जिल्ला सदस्य राजु प्रसाद श्रेष्ठ, नेपालि कागं्रेश नगर सभापति नेत्र भट्टराई, रामपुर क्षेत्रका विद्यालयका तर्फवाट बालकृष्ण लम्साल लगाएतले शुभकामना व्यक्त गर्नु भएको कार्यक्रमको अध्यक्षता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले र्गनु भएको हो ।
यसैगरी रामपुर नगरपालिका ६ स्थित नवदुर्गा माध्यमिक विद्यालयमा नवनिर्मित चारकोठे पक्की विद्यालयको पनि मन्त्री बरालले नै उद्घाटन गर्नुभएको छ । पुनः निर्माण प्राधिकरणको रु ७० लाखको लागतमा चारकोठे विद्यालयको भवन निर्माण गरिएको हो । साना कक्षाका बालबालिका लागि लक्षित गरी नयाँ भवन निर्माण गरिएको प्रधानाध्यापक भानुभक्त न्यौपानेले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय