बन्दना पोखरेल
पाल्पा( भिजिट नेपाल २०२० (पर्यटन वर्ष)लाई लक्षित गर्दै रामपुरमा ३ करोड बढी लागतमा होटेल नमस्ते पाल्पाको सन्चालन गरिएको छ । पाल्पाको रामपुरमा भ्रमण बर्षको सुभारम्भका अबसरमा सुविधा सम्पन्न नमस्ते पाल्पा होटेल तथा रेष्टुरेन्टको उद्घाटन गरिएको छ । प्रदेश न ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले उद्दघाटन र्गनु भएको छ ।
शहरीकरणतर्फ उन्मुख पाल्पाको रामपुर नगरपालिकामा स्वीमिङ पुल सहितको सुबिधा सम्पन्न होटल संचालनमा आएको हो । यसको उद्दघाटन गर्दै सामाजिक सुरक्षा मन्त्री बरालले बोल्दै जति नै धेरै र्पयटन क्षेत्र भए पनि सुविधा सम्पन्न होटल भएन भनि र्पयटक अडिन सक्दैनन् यो होटल यस क्षेत्रको गहना बन्ने बताउनु भएको छ । हरेक ठाउँको आर्थिक सामाजिक विकासका लागि शिक्षा स्वास्थ्य रोजगार पर्यटन आवश्यक पर्छ यस्ता आबश्यकता पुरा गर्न निजि क्षेत्रको पनि आवश्यक रहेको छ जसको पहिलो पाईला होटल रहेको बताउनु भएको छ ।
स्थानीय युवा कमल पाण्डे र शिव पाण्डे (दाजुभाइ)ले झण्डै ३ करोड ५० लाखको लागतमा होटेल संचालनमा ल्याएको बताएका छन्। “होटल शुभारम्भका अवसरमा पुष १६ देखि १८ गते राष्ट्रिय कलाकार र स्थानिय मौलिक सस्कृती सहितको प्रस्तुती रहनेछ ।
रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड खेतमा निर्माण भएको होटेल नमस्ते पाल्पाको आज भव्य रुपमा होटलको उद्घाटन गरी नियमितआफ्नै तीन रोपनी क्षेत्रफल रहेको जग्गामा ११ वटा एट्याज रुम, ४ वटा एसी रुम, सभाहल, रेष्टुरेण्ट हल सहितको ४ तलाको होटेल तथा रेष्टुरेन्ट सन्चालन गरिएको छ ।करिव ८ सय क्षमताको हल सहित, टप रेष्टुरेण्ट, स्वीमिङ पुल, पार्किङको राम्रो सुबिधा रहेको होटेल विशेष गरि पाल्पाको पर्यटन विकास शहर उन्मुख रामपुरको आवश्यकतालाई मध्यनजर गर्दै सन्चालनमा ल्याईएको अर्का सन्चालक शिव पाण्डेले बताउनुभयो ।
खास पाल्पाको समृद्धि कृषि र पर्यटन भएको बताउदै पाण्डेले चार जिल्लाको संगम रामपुरको शहरीकरण, कालीगण्डकी करिडोर, पर्यटनका संभावना तालपोखरा,सिद्द्बाबा भुजात, खैरेनी, काउले कबुलियत बन, प्याराग्लाइडिङ र कालीगण्डकीमा जलयातायात, यहाँका प्राबिधिक पढाइको थलो, निर्माणाधिन ५० शैयाको अस्पताल, यहाको दैनिक व्यापार र चहलपहलले रामपुर भित्रने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल, रेष्टुरेण्ट तथा पार्टी प्यालेस सहितको नमस्ते पाल्पा होटेल निर्माण गरिएको पाण्डे द्वयको भनाई छ ।उद्घाटनका अबसरमा राष्ट्रिय कलाकारहरु सहित स्थानिय मौलिक कला र नाच प्रस्तुति ३ दिन सम्म रहने छ ।
पर्यटन बर्ष २०२०को शुरुवाती सहित उद्घाटन गरिएको यस होटललाई प्रदेश सभा सदस्य युवराज खनाल, नगर प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल लगाएतले लगाएतले शुभकामना दिनु भएको हो । कार्यक्रमको सन्चालन सिता डोटेलले र्गनु भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय